सपना र शिशिरको सोझो मन

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७१, मंगलवार

काठमाडौं । लोकदोहोरीको क्षेत्रमा नयाँ र पुरानाको संयोजनमा धेरै गीतहरु बन्ने गरेका छन् । गीतकार गणेश चौलागाईले आफ्ना शब्दहरु नयाँदेखि पुराना गायक गायिकाको स्वरमा रेकर्ड गराइसकेका छन् भने कुनैबेलाका चर्चित गायक विमलराज क्षेत्री आजभोलि संगीत संयोजनमा व्यस्त हुन थालेका छन् । यिनै स्रष्टाको सहकार्यमा नयाँ गायिका सपना थापा र गायक शिशिर भुसालले नयाँ गीतिसंग्रह सोझो मन ल्याउने तयारीमा छन् । गणेश चौलागाईंकै शब्दमा तयार भएको एल्बम हाम्रो नाताबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका भुसालले दोस्रो एल्बम सोझो मनमा नवगायिका सपनासँग सहकार्य गरेका हुन् ।
एउटै विश्वास यो छ की मनमा
हासे पनि रोएनी जीवनमा
सोझो मनले तिम्रै हुनी भन्छ
कति हासे यो मायामा कति रोए कति
तर पनि यो मायामा हास्ने रुनी मन छ

गणेश चौलागाईंको स्वरमा रहेको यस गीतलाई विमलराज क्षेत्रीको संगीत संयोजनमा प्रिज्मा रकेर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । अब छिट्टै बजारमा ल्याउन लागिएको गीतिसंग्रह सोझो मनले कस्तो चर्चा कमाउने हो त्यो भने हेर्न बाँकी नै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु