‘सरगरमाथा म्युजिक अवार्ड’ सम्पन्न ! सात पत्रकारलाई ‘सगरमाथा कला पत्रकारिता सम्मान–२०७५’ !

म्यूजिक खबर
प्रकाशित: ५ मंसिर २०७५, बुधबार

सात पत्रकारलाई ‘सगरमाथा कला पत्रकारिता सम्मान–२०७५’ 


काठमाडौं । कला विधामा कलम चलाईरहेका सात जना पत्रकार ‘सगरमाथा कला पत्रकारिता सम्मान–२०७५’ बाट सम्मानित भएका छन् । सम्मानित हुने पत्रकारहरुमा श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणि गौतम र किरण प्रसाद अधिकारी रहेका छन् भने पत्रकार गिता अधिकारीलाई महिला सशक्तिकरण पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
रास्ट्रीय नाचघर जमलमा आयोजित पहिलो ‘सरगरमाथा म्युजिक अवार्ड २०७५’ मा बन तथा बाताबरण मन्त्रि शक्ति बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिब रमेश बिस्ट र आयोजक समितिको अध्यक्ष मनोज थापाले सम्मान गर्नु भएको थियो ।

सबै पत्रकार एक दशक भन्दा लामो समयदेखी पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।

‘सरगरमाथा म्युजिक अवार्ड’ सम्पन्न !

त्यसैगरी, ४४ विधामा प्रतिस्पर्धामा आएका कलाकर्मी सम्मानित भए । निर्णायक र एसएमएस भोटिङको आधारमा सम्मानको निर्णय गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । कार्यक्रममा आस्था कला केन्द्र र इलिगेन्स डान्स सेन्टरको प्रस्तुति रहेको थियो ।

कार्यक्रमा पाँच दशकदेखि सांगीतिक क्षेत्रमा समर्पित लोकगायिका चन्द्रकला शाहलाई नगद १७ हजार सय ९६ रुपैयाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा इभेन्ट निर्देशक लवबहादुर कार्की, कोरियोग्राफर अश्विनी झा, अभिनेत्री सोभिता सिंखडा, लोकगायक गणेश गुरुङ, मिसेस एसिया प्यासिफिक चन्दा थापा सम्मानित भएका थिए ।

विभिन्न विधाअन्तर्गत गायक शिव परियार, अञ्जु पन्त, शान्तिप्रिय, सन्तोष श्रेष्ठ, पारु रञ्जित, शान्ता अधिकारी, डेबिट शंकर, मीना निरौला, लोकराज अधिकारी, अर्जुन पोखरेल, राजेन्द्र भट्ट, धर्मराज पोखरेल, नन्दा बस्याल, प्रमोद खरेल, मल्लिका कार्की, शिल्पा पोखरेल, सुव्रतराज आचार्यलगायत सम्मानित भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु