‘सरन माया यता अलिकति’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ८ जेष्ठ २०७३, शनिबार

काठमाडौं । हालैमात्र अभिनेत्री करिश्मा मानन्धरसँग ‘आइदेउ तिमी…’ भन्दै टेलिभिजनको स्क्रीनमा देखिएका गायक कुसल थलुङ लिम्बूले आफ्नो सिंगल ट्रयाकको भिडियो सार्वजनिक गरेका छन् ।

पछिल्लो समय गायनसँगै मोडलका रुपमा समेत चर्चा बटुलिरहेको कुसलले ‘सरन माया यता अलिकति…’ बोलको आफ्नो लोकआधुनिक गीतको भिडियोलाई विभिन्न टेलिभिजन च्यानल तथा यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् । एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका कुसलले यो पछिल्लो आफ्नो भिडियोमा भने अभिनेत्री रिमा विश्वकर्मा र मधुलाई अभिनय गराएका छन् ।

kusal+reema

दिपेन्द्र केसीले निर्देशन गरेको यस भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । राजबाबु श्रेष्ठको शब्दरचना तथा राजनराज सिवाकोटीद्वारा संगीतबद्ध ‘सरन माया…’लाई कुसलले आफ्ना अघिल्ला गीतहरुभन्दा फरक स्वादमा गाएका छन् । श्रोता तथा दर्शकले यस गीतमा फरक स्वाद पाउँने उनले बताए ।

दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेका कुसलको ‘सिन्दुर भर्नु एउटा कुरा’, ‘ऋतु राम्रो बसन्तले’, तिम्रो रुपभन्दा पर’जस्ता गीत चर्चित छन् । गायनसँगै मोडलिङमा व्यस्त हुँदै आएका कुसल भन्छन्, ‘म गायक नै हुँ, मोडलिङ रुचि मात्र हो ।’ उनले अभिनयलाई कठिन विधासमेत बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु