सरोजको निर्देशनमा बर्षाको सिरुपाते ओठ (भिडीयो सहित)

म्यूजिक खबर
प्रकाशित: २४ असार २०७३, शुक्रबार

रंग पत्रकार सरोज श्रेष्ठको निर्देशनमा रहेको ‘सिरुपाते’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको म्यूजिक भिडियोको गीतमा रमेश श्रेष्ठ ‘मेलोडी’को स्वर तथा संगीत सुन्न सकिन्छ । उक्त गीतलाई माधव खरेलले लेखेका हुन् । गीतको म्यूजिक भिडियोमा अहिलेकी चर्तित नायिका वर्षा सिवाकोटीको अभिनय रहेको छ । उक्त भिडियोेमा एक प्रेमी सहित चार युवाहरुले वर्षाको सिरुपाते ओठको बयान गरेको देख्न सकिन्छ । गीतको म्यूजिक भिडियोमा वर्षा शिवाकोटीसँगै दीपक तामाङ, बिकास लामिछाने, लगायतको अभिनय देख्न सकिन्छ ।

saroj sth

रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोमा सन्तोस राजको नृत्य रहेको छ । उज्वल ढकालको सम्पादन रहेको यस गीतमा ओम सुनारको संगीत संयोजन रहेको छ । ज्ञानेद्र शर्मा हुमागाईँको डिओपि रहेको उक्त गीतलाई विजय श्रेष्ठले मिक्सिङ गरेका हुन् । संचार कर्ममा समेत क्रियाशील रहेका सरोज श्रेष्ठ पछिल्लो समय भडियो निर्देशनमा लागिरहेका छन् ।

भिडीयो

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु