सरोजले युवा अवस्थाको गल्तीे सम्झिदै भने– आफैंसँग आफैं यहाँ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ५ मंसिर २०७३, आईतवार

saroj-pyakurelकाठमाण्डौ । समयमै बुद्धि पु¥याइएन भने पश्चाताप गर्नुको शिवाय विकल्प केहि रहँदैन । झन् युवा अवस्था नै रहन्छ व्यक्तिको सम्पूर्ण जीवन कती सार्थक र सफल रहन्छ भन्ने । जीवनको पूवार्ध सहि भए उतरार्ध पनि अवश्य राम्रो नै हुन्छ । यस्तै भएको छ सयौं गीतमा संगीत भरिसकेका संगीतकार सरोज प्याकुरेलाई पनि । उनि युवा अवस्थामा गरेका विभिन्न गल्ती सम्झिदै आफै देखि आफैलाई वाक्क मानिरहेका छन् । सरोजको वास्तविक जीवनमा यस्तो अवस्था आएको भने होइन । युवाअवस्थाका गल्तीले गर्दा आफैं देखि आफैंलाई वाक्क लागेको विषय समेटेरे ययटुबमा भिडियो सार्वजनिक भएको छ ।

‘आफैंसँग आफैं यहाँ’ बोलको नयाँ म्यूजिक भिडियोमा सरोज प्याकुरेलको संगीत तथा निर्देशन रहेको छ भने गायक प्रमोद खरेलको स्वर रहेको छ । भिडियोमा सृष्टी केसि, रमेश कोइराला र गोकुल सुवेदिको अभिनय रहेको छ । गीतलाई सुरेन्द्र श्रेष्टले खिचेका छन् भने यसमा ग्यानेन्द्र गोपालिको सम्पादन तथा रत्न जोसिको कोरियोग्राफि रहेको छ ।

सुमन कार्कि को आगामि एल्बमका लागी तयार पारिएको यो गीतका अतिरिक्त अन्य गीतहरु पनि अहिले सरोज प्याकुरेलको संगीतमा रेर्कडिङ भैरहेका छन् । प्याकुरेलले यस अगाडी पनि दर्जनौ गीतमा संगीत भरेका छन् । दशै ताका हेमन्त शर्माले गाएको गीत निकै चर्चित भएको थियो ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु