काठमाडौं । एबीसी ह्यान्डको आयोजनामा शनिबार सम्पन्न भएको ब्यूटी आइकनमा सवनम वानीले ब्यूटी आइकनको ताज पहिरिएकी छिन् । ब्यूटी व्यवसायसँग आबद्ध रहेका ब्यूटीसियनहरुको प्रतिस्पर्धामा भएको उक्त ब्यूटी आइनमा सवनम उत्कृष्ट बन्दै ताज पहिरिन सफल भएकी हुन् । त्यस्तै फस्ट रनरअप दीपा कार्की भइन् भने सेकेन्ड रनरअप विनु अधिकारी बन्न सफल भइन् ।
ब्यूटी आइकनको वेष्ट स्माइलतर्फ सोनी बस्नेत बनिन् भने वेष्ट हेयर विमला तुलाधरको हुन पुग्यो । वेष्ट स्कीनको ताज सुमी कार्कीले पहिरिन सफल भइन् भने वेष्ट ट्यालेन्ट शर्मिला कोइराला भइन् । वेष्ट फ्रेन्डशीपको ताज सरु राजचलले पहिरिन् भने वेष्ट डिसिप्लिनको ताज रिता बज्राचार्यलाई मिल्यो । वेष्ट पर्सनालिटी सुमी खनाल बन्न सफल भइन् भने वेष्ठ वाकमा दीपा कार्की, वेष्ठ ड्रेसमा सवनम वानी र वेष्ठ फोटोमा निशा थापा बन्न सफल भइन् ।