सविनाको साइत सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७१, शनिबार

काठमाडौं । गायिका सविना भट्टराईको आधुनिक गीतिसंग्रह साइत शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । साइतलाई गजलकार डा.कृष्णहरी बरालको प्रमुख आतिथ्यतामा संगीतकार बुलु मुकारुङ, गायिका कुन्ति मोक्तान, लगायतले संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गीतकार शशि शर्मा मजगैंयाले स्वागत मन्तव्य दिँदै गायिका सविना भट्टराई एउटा सफल गायिकाको सूचीमा पर्ने बताएका थिए । शर्माले गायिका भट्टराईको स्वरको तारिफ गर्दै गायिका अन्जु पन्तको स्वरसँग तुलना गरेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि डा. बरालले शुभकामना मन्तव्य दिँदै गीतसंगीतको सीमक्षासमेत गरेका थिए । बरालले गायिका भट्टराईको स्वरलाई शब्द र संगीतले पनि साथ दिएको उनको गायकी सफल रुपमा देखिएको बताएका थिए । भविश्यमा सविनाको गायनले निरन्तरता पायो भने स्थापित गायिकाको रुपमा हामीले चिन्न पाउँछौं बरालले भने गायिका सविनाको साइतले सफलता पाओस्, शुभकामना ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि संगीतकार बुलु मुकारुङले एल्बम साइतको समीक्षा गर्दै गायिका सविनाको मेहनत एल्बमभित्र देखिएको बताएका थिए । मुकारुङले सविनाको साइत शुभसाइत भएको बताउँदै शुभकामना दिएका थिए । त्यसैगरी गायिका कुन्ति मोक्तानले पनि सविनाको साइतमा रहेको मेहनतको प्रशंसा गर्दै शुभकामना दिएकी थिइन् भने संगीतकार सन्तोष श्रेष्ठले सविनाको सफलताको शुभकामना दिएका थिए । कार्यक्रम कामना डिजिटलका टुकराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । गायिका सविनाले प्रत्यक्ष गीत गाएर सुनाएकी थिइन् भने साइतभित्रका तीनवटा म्यूजिक भिडियो पनि देखाइएको थियो । कार्यक्रम संचारकर्मी प्रदीप निरौलाले संचालन गरेका थिए ।
एल्बमभित्र मलाई माया गर्ने मान्छे, मेरो मुटु रेटी रेटी, आज साइत यहीँ नै, हातै किन छोड्नु, तिमीलाई रुवाएर, आकाश दुखेर जस्ता गीतहरु समावेश गरिएको छ । जसमा शशी शर्मा मजगैंया, लोकराज अधिकारी, अनिमा वैद्य, सुनिल केसी, विनोद गिरीको शब्द रहेको छ । उक्त शब्दहरुमा विपिन आचार्य, हरि लम्साल, विपिन घिमिरे, गोविन्द मधुर आचार्य, सन्तोष श्रेष्ठ, सन्तोष रजौरेको संगीत रहेको छ भने विपिन आचार्य, लहाङ सुब्बा, झलक संगीतम्, हेमन्त शिशिर, आशिष अबिरलको संगीत संयोजन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु