सांगीतिक प्रस्तुतिका लागि गायिका सन्जु कोरियामा

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७४, आईतवार

असोज १, कोरिया । पछिल्लो समयमा लोक गायनका क्षेत्रमा चर्चित बन्दै गएकी गायिका सन्जु न्यौपाने पहिलोपटक आफ्नो सांगीतिक प्रस्तुति लिएर कोरिया आइपुगेकी  छिन् ।  जुन ३ तारिकमा मुन हे युनले आयोजना गरेको एचडब्लुपिएल कोमिमेरासेन सांस्कृतिक कार्यक्रममा सन्जुले आफ्नो प्रस्तुति दिनेछिन् ।

सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै स्थापित बनेकी गायिका सन्जु केहि समय अगाडि मात्र कतारमा प्रस्तुति दिएर फर्किएकी हुन् । कोरियाबाट फर्किएपछि फेरी सांगीतिक प्रस्तुतिकै लागि जापान जाने निधो भइसकेको गायिका सन्जुले हामीलाई बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु