साउथ इण्डियनको निर्देशनमा बाग्मती पौष २४ मा

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७२, सोमबार

काठमाडौं । चलचित्र बाग्मतीले पौष २४ लाई प्रदर्शन मिति तय गर्दै प्रचार प्रसारमा व्यस्त रहेको छ । ‘मिडियासँग बाग्मती’ नारा लिएर चलचित्रले आइतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम ग¥यो । साउथ ईण्डियन प्रविधीमा साउथकै निर्देशकले बनाएको यो फिल्मले नेपाल र भारतबीचको चिसिंदो सम्बन्धलाई सुधार गर्नको लागि पनि महत्वपूर्ण भूमिका खेल्ने आश केकीको छ । प्रचारात्मक कार्यक्रममा पहिलोपटक देखिएकी नायिका केकी अधिकारीले ‘बागमती’ फिल्मसँग नाम जोड्न पाउनु नै आफ्नो लागि ठूलो उपलब्धी भएको बताइन् । ‘नेपाली कथा र परिवेशमा भारतिय निर्देशकले बनाएको यो फिल्मले दुई देशिय सम्बन्धलाई मजबुत बनाउनको लागि पनि भुमिका खेल्ने मेरो विश्वास छ’ कालो पहिरनमा चिटिक्क सजिएकी केकी बोलिन् । उनले फिल्म निकै उत्कृष्ट बनेको र आफुले अहिलेसम्म खेलेका हरेक फिल्म भन्दा विसुद्ध फरक बागमती रहेको भन्दै दर्शकको साथ र समर्थन पाउनेमा आशावादी रहेको बताईन् ।

Shiv-Shrestha-at-bagmati-nepali-film
यतिखेर बाग्मती नदीको सरसफाइ अभियानले व्यापक रुप लिइरहेको बेला चलचित्र बाग्मतीले पनि आफ्नो प्रचार शैलीलाई प्रमुखता दिएको हो । ‘क्राईसिस’को समयमा पनि निकै मेहनत र उच्च प्रविधीको प्रयोग गरी चलचित्र बाग्मती बनाइएको चलचित्रका नायक शिव श्रेष्ठले कार्यक्रममा बताए । कार्यक्रममा निर्माण टिमको तर्फबाट प्रस्तुतकर्ता बिजय सत्याल र दिनेश दर्शनधारी तथा निर्मात्री यशोदा राईले निर्माणमा तथा प्रविधिको प्रयोगमा कुनै कन्जुस्याईं नगरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको धारणा राखे । फिल्ममा शिव र केकीसँगै राजेश हमाल, श्रेया कार्की, रविकर घिमिरे लगायत मुख्य भूमिकामा छन् । चलचित्रलाई साउथ एसियन निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु