सातौं म्यूजिक खबर म्यूजिक अवार्डको आवेदन खुला

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७५, आईतवार

९ बैशाख, काठमाडौं । म्यूजिक खबर डटकमको आयोजनामा विगत ६ वर्षअघिदेखि राजधानीमा सम्पन्न हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको सातौं संस्करणको गीत संगीत सहभागिताको लागि दर्ता आवेदन खुला गरिएको छ । आगामी असोज १३ गते विराटनगरमा सम्पन्न हुन लागेको यस अवार्डमा राष्ट्रिय भाव, पप, चलचित्र, लोकदोहोरी, गजल, आधुनिक गरी ३४ विधामा अवार्ड प्रदान गरिनेछ । बैशाख १ गतेबाट नै आवेदन खुला गरिएको यस अवार्डमा गीतसंगीत सहभागिताका लागि स्रष्टा, सर्जकहरुलाई म्यूजिक खबर हार्दिक अनुरोध गरिन्छ । गीतसंगीत दर्ताका लागि म्यूजिक खबरको कार्यालय पुतलीसडकमा ०१–४०१०५४५ मा खबर गर्न सक्नुहुनेछ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु