साथ खोज्दै साहिमा

म्यूजिक खबर
प्रकाशित: ७ कार्तिक २०७१, शुक्रबार

काठमाडौ, ६ कार्तिक । गायिका सहिमा श्रेष्ठले यतिखेर साथ खोज्दै हिंडेकी छिन् । उनी भन्ने गर्छिने तिम्रो साथ पाए…। अब साथ पाइन् भने के गर्छिन् त्यो भने उनैलाई थाहा होला तर साथ भने चाहिएकै छ उनका लागि ।
आफ्नो तेस्रो एल्बम ‘साहिमाको शृंगार’ मा समेटिएको ‘तिम्रो साथ पाए…’ गीतको म्युजिक भिडियो रिलिज गरेकी छन् । युवराज गुरुङको शब्द तथा महेश खड्काको संगीत रहेको उक्त गीतको भिडियोलाई नीतिन चन्दले निर्देशन गरेका हुन् । भडियोमा सहिमा र कृष्ण अधिकारीले मोडलिङ गरेका छन् । गायिका सहिमाले प्रायः आफ्ना गीतको म्युजिक भिडियोमा आफै मोडलिङ गर्दै आएकी छन् ।
‘साहिमा’ र ‘मस्ती’ जस्ता दुई सोलो एल्बमपछि उनले पछिल्लो सयम तेस्रो एल्बमका रुपमा ‘सहिमाको शृंगार’ दर्शक÷श्रोतामाझ पस्केकी हुन् । बिहीबार मात्रै ‘तिम्रो साथ पाएँ’ गीतको म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानलमा रिलिज गरेकी सहिमाले आफ्नो नयाँ गीतमा नयाँ स्वाद पस्केकी दावी गरिन् । ‘सहिमाको शृंगार’ एल्बम भने रिलिज भएको छैन । उनले भनिन्, ‘एल्बमको सबै गीत तयारी भइसक्यो । हरेक गीतको छुट्टाछुट्टै म्युजिक भिडियो रिलिज गर्ने र यस वर्षभित्र एल्बम ल्याउने योजना छ ।’ एल्बममा समेटिएका ‘यदि भगवान् भए’ र ‘बारबार जसले दिललाई’ गीतको केही साताअघि मात्र म्युजिक भिडियो सिंगापुर र मलेसियामा छायांकन गरेकी सहिमाले भनिन्, ‘ती गीत मंसिर अन्तिम सातासम्ममा बजारमा ल्याउने छु ।’
उनको पहिलो एल्बम ‘सहिमा’ को ‘हेरेको हे¥यै हुन्ुछ होला म’ र दोस्रो एल्बम ‘मस्ती’ को शीर्ष गीत श्रोताले निकै रुचाएका छन् । आफ्ना हरेक  एल्बममा फरक–फरक शैलीका गीत गाउँदै आएकी उनले भनिन्, ‘समय र श्रोता तथा दर्शकको इच्छाअनुसार फरक शैलीका गीत गाएकी हुँ ।’ उनी आफ्नो पहिलो एल्बम ‘सहिमा’ ले जस्तै ‘सहिमाको शृंगार’ ले पनि सफलता पाउनेमा आशावादी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु