साश्रु, श्रेष्ठ र देशारको शराव

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७१, शुक्रबार

काठमाडौं । गजल गायिका निशान देसारको एकल आवाज, सरावि गजलकारका रुपमा चिनीएका गजलकार मधु साश्रुको एकल रचना र सुगम संगीतको ईतिहासमा आफ्नो छुट्टै स्थान बनाउन सफल संगीतकार संन्तोष श्रेष्ठको एकल संगीतमा तयार पारिएको ‘शराब’ जगल संग्रह अब नेपाली सांगीतिक बजारमा आएको छ । गजल संग्रह ‘शराब’ शुक्रबार राजधानीमा एक समारोहबीच बरिष्ठ गजलकार डा. कृष्णहरि बराल, संगीतकार बुलु मुकारुङलगायतका संगीतकर्मीले लोकापर्ण गरेका हुन् ।

‘शराव’ को लोकापर्ण समारोहमा बोल्दै नेपाली गजल को ईतिहासमा यो नै पहिलो शराबि गजल संग्रह रहेको बताउनु भयो भने बरिष्ठ गजलकार ललिजन रावलले आफूले सराव पिएर पनि सरावि गजल लेख्न नसकेको तर मधु साश्रुले सराव नपिएरै लेख्न सकेकोमा तारिफ गर्नु भएको थियो ।
‘शराब’ भित्र रक्सीको पेरेफेरीमा लेखिएका पाँच गजल संग्रहित भएका छन् ।

sharabb

जसमा ‘बिरालो पनि शेर हुन्छ शराब पिएपछि, पिरतीको अभाव बिग्रिए म, मैले जे गाएपनि गजल हुन्छ महफिलमा, जबदेखि थालेँ जागीर भट्टीमा र कुनै बहानामा दिल ढलेपछि कति पिए कति ’ जस्ता गजल समावेश भएका छन् । यी गजलले नेपाली सुगमसंगीतमा नयाँ आयाम थप्न सक्ने अपेक्षा गरिएको छ । कार्यक्रममा त्यस्तै, संगीकार मुकारुङले ‘शराब’ गजलसंग्रहले सुगम संगीतको दुनियाँमा एउटा ईंटा थपिएको आशय व्यक्त गर्नु भएको थियो । एल्वमका संगीतकार सन्तोष श्रेष्ठले एल्बममा संग्रहीत गजलहरु शराब (रक्सी) बारे भए पनि गजलले कसैलाई रक्सी खान प्रोत्साहन नगरेको बताउँदै गजलसंग्रह सबैले सुन्न लायकको बनाएका दाबी गरेका छन् । कार्यक्रममा निशाले संग्रहमा संग्रहित गजल मध्ये ३ वटा गजल लाईभ गाएर सुनाएकी थिइन् । एल्बमलाई गोल्डेन क्रियशनले बजारमा ल्याएको हो ।

sarabs

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु