साहित्यकार पंगेनीलाई मातृशोक

म्यूजिक खबर
प्रकाशित: २० असार २०७४, मंगलवार

पोखरा । साहित्यकार प्रकट पगेनी ‘शिव’लाई मातृशोक परेको छ । उहाँकी ८९ वर्षीया आमा नन्दकुमारी देवी पगेनीको सोमबार बिहान २ बजे रुपा गाउँपालिका–५, देउराली, कास्कीस्थित आफ्नै निवासमा निधन भएको थियो ।

यो मन कतै अल्झेको छ र जूनको चिठी जुनालाई (गीत सङ्ग्रह) र प्रणयवेदका ऋचाहरु (गजल सङ्ग्रह) लगायत कृतिका लेखक प्रकटकी आमा नन्दकुमारी दम र निमोनियाबाट पिडित हुनुहुन्थ्यो । वि. सं. १९८६ असोज २४ गते जन्मनुभएकी उहाँ देउराली क्षेत्रकी एक सामाजिक अभियन्ता हुनुहुन्थ्यो । त्यस क्षेत्रकै पहिलो शिक्षित महिलाका रुपमा समेत परिचित उहाँले गाउँमा गाउँघर सरसफाइ, स्वास्थ्यलगायतका क्षेत्रमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

उहाँका पति कुवेरदत्त पगेनीको यसअघि नै निधन भइसकेको छ भने ३ छोरा र १ छोरी हुनुहुन्छ । स्वर्गीय पगेनीको सोमबार नै गगनगौँडास्थित मुसीकुना घाटमा अन्त्येष्टि गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु