सिमली छायाँमा सुभम र ऋचा के गर्दैछन् ?

म्यूजिक खबर
प्रकाशित: ११ चैत्र २०७२, बिहीबार

युवा अवस्थामा घरबाट बाहिर निस्केका युवायुवतीहरु लुकीछिपी माया लाउने काम गर्छन् भन्ने कुरा शुभम् ऋचामा नि लागू भएको छ । यिनीहरु सिमली छायाँमा किन लुकेका हुन् वा के गर्दैछन् भन्ने कुरा बुझ्न गाह्रो भो । माया लाउन थालेका १६ वर्षका युवायुवतीहरु मायाले बाँध न भन्दै अँगालो हालेपछि कसको के लाग्छ र ?

पछिल्लो समय आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेका शुभम् थापा आशा लाग्दो प्रतिभाको रुपमा देखिएका छन् । अभिनय, नृत्यमा समेत पोख्त भइसकेका शुभम् कलिलो उमेरैमा आफ्नो प्रतिभालाई सबैका सामु ल्याउन तयार भएका छन् ।

 

gayatri

त्यस्तै पछिल्लो समय व्यस्त बन्दै आएकी मोडल ऋचा थापाको अभिनय पनि उत्तिकै आशालाग्दो देखिएको छ । शुभम् र ऋचाको अभिनय रहेको म्यूजिक भिडियो ‘सिमली छायाँले’ लाई सिर्जन बरालले निर्देशन गरेका हुन् । कार्यकारी निर्माता गायत्री थापा रहेको यस म्यूजिक भिडियोको गीतलाई भने कृष्ण समीप सुवेदीले लेखेका हुन् भने सुवेदीले नै संगीत भरेका छन् । मिलन अमात्य र राजु केसीको स्वरमा रहेको यो म्यूजिक भिडियोलाई शिवदर्शन डिजिटलले बजार प्रबद्र्धन गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु