सिर्जनाको स्वरमा नायिका रिमाको पीडा

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७५, बिहीबार

३ जेष्ठ, काठमाडौं । गायिका सिर्जना गुरुङको स्वरमा ‘किन दुख मान्छौं’ बोलको गीत सार्वजनिक भएको छ । सिर्जनाको स्वर रहेको गीतलाई सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । विपी वाग्लेको शब्द संगीतमा तयार पारिएको गीतमा सिर्जना गुरुङले मधुर स्वर दिएकी हुन् । गीतमा रिमा विश्वकर्मा र दिपक काफ्लेको अभिनय रहेको छ । पीडा बोल्ने गीतको एरेन्ज भने विष्णु अधिकारीले गरेका हुन् । गीतलाई युवराज वाईवाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् ।

निशान्त घिमिरेको समपादन रहेको ‘किन दुख मान्छौं’ गीत सिर्जना गुरुङको यो पहिलो गीत हो । पत्रकारितासँगै गायनमा लागेकी उनी विस्तारै गायन क्षेत्रमै लाग्ने बताएकी छिन् । गीतमा रिमा र दिपकलाई प्रस्तुत गरिएको छ । पहिलो गीत दर्शक श्रोताले मन पराईएको खण्डमा लगातार गीत बजारमा ल्याउने तयारीमा रहेको समेत सिर्जनाले बताएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु