सुजन बिश्वकर्माको ‘ए मेरो साथी’ बजारमा (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७५, शनिबार

चैत्र २, काठमाडौं । नेपाली गीतसंगीत र गीतसंगीत कर्मीहरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा भावुकको सांगीतिक यात्रा थालनी संगै ‘ए मेरो साथी’ लोक दोहोरी एल्बम सार्बजनिक भएको छ ।

ताजा पत्रीकाका संचालक सुजन र शान्तिश्री परियारको सुमधुर आवाजमा रहेको यश गीतलाई सुजन र तारा भुसालले लेखेका हुन भने सुजन बिस्वकर्मा भावुक आफैले लय भरेका छ्न ।

ताजा पत्रीका मिडिया हाउसको प्रस्तुतिमा सार्बजनिक भएको यश गीतको म्युजिक भिडियो सुजन न्यौपानेको निर्देशन छायांकन र बिष्णु भट्टराईको सम्पादनमा तयार भएको छ । गीतको म्युजिक भिडियोमा सुजन बिश्वकर्मा भावुक, प्रनिता र सुरेसको उत्कृष्ट अभिनय देख्न पाइन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु