सुनिलको ‘हत्केलामा अझै पनि….

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७३, सोमबार

गायक सुनिल कटुवालले ‘हत्केलामा अझै पनि….’ बोलको गीत दर्शक÷स्रोतामाझ ल्याएका छन् । स्रोतामाझ धेरै म्युजिक भिडियो ल्याउने मध्येका गायकमा अग्रस्थानमा रहँदै आएका कटुवालका जति पनि बजारमा गीत आएका छन् ती सबैले राम्रै दर्शक÷स्रोतको साथ पाएका छन् ।

sunil

‘हत्केलामा अझै पनि….’ सार्वजनिक गीतमा बाल्यकालाका घटनाक्रमलाई देखाउन खोजिएको छ । महेश ज्ञवालीको शब्द र संगीत रहेको यो गीतलाई संजीव बराईलीले एरेञ्ज गरेका छन् भने स्वरमा सुनिललाई सुनिता थोजिमले साथ दिएकी छन् । सत्यराज चौलागाइले निर्देशन गरेको म्युजिक भिडियोमा मोडल थेलीन र ओमु लाक्पाको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु