
काठमाडौं, २६ भाद्र । गायक राजन भुजेलले आफ्नै लगानीमा सुन पसल संचालनमा ल्याएका छन् । यसभन्दा पहिला पनि सुनकै व्यवसाय गर्दै आएका थिए भने हाल उनले आफ्नै निवासमा गोंगबुको गणेशस्थानमा नयाँ पसल संचालनमा ल्याएका छन् । गत शनिबारबाट औपचारिक रुपमा सुरुवात गरेको सुन पसलमा ९९९९ छापावाला सुनको होलसलको पनि व्यवस्था गरेका छन् । साइलाले त्यसै गाउँदैन, च्वाक केटी चाहिन्छ जस्ता दर्जनौं गीत गाइसकेका गायक भुजेलले सुन पसलका अलावा गलेश्वर म्यूजिक सेन्टर पनि संचालनमा ल्याएका छन् । आफ्नै म्यूजिक कम्पनीबाट गीतसंगीत बजारमा ल्याउँदै गरेका गायक भुजेलले सुन व्यवसायलाई पनि सँगै लिएर जाने भएका हुन् ।