सुप्रियालाई हटाएर विनुसँग रोमान्स

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७१, बुधबार

काठमाडौं । आजभोलि एउटा मात्रै प्रेमी र एउटा मात्रै प्रेमिका हुने भेट्न धेरै गाह्रो पर्न थालेको छ । अझ कलाकारिता क्षेत्रमा त दिनदिनै प्रेमी र प्रेमिका फेरेर हिंड्ने प्रवृत्ति हावी भएको छ भन्ने गरिन्छ । यस्तो आरोप लाग्दा लाग्दै पनि कलाकारहरुले दिनदहाडै कसैलाई काखा कसैलाई पाखा लगाउँदै रिसोर्टहरुमा तमासा देखाएपछि चर्चा हुने नै भयो । सन्दिप न्यौपानेले पनि सुप्रिया कटवालसँगको सम्बन्धलाई हटाउँदै विनु खड्कासँग रोमान्स गरिरहेको तस्वीर सार्वजनिक भएको छ । छैमलेमा दिनभर यी तीनजनाको तनाव देखेर बोल बोल साँचो बोल भन्नेहरुको भीड नै लाग्न थाल्यो ।
कुरा थियो बोल बोल साँचो लोकदोहोरी गीतको म्यूजिक भिडियो छायाँकनको । काठमाडौंको दक्षिणकाली, छैमले रिसोर्टमा मोडल सन्दिप न्यौपाने, सुप्रिया कटवाल र विनु खड्काको रोमान्सलाई लिइएको हो । केही समय मलेसियामा व्यापार सुरु गरेर नेपाल फर्किएका निर्देशक प्रकाश भट्टले उक्त म्यूजिक भिडियोलाई निर्देशन गरेका हुन् । नेपाल फर्के लगत्तै उनको पर्खाइमा रहेका संगीतकर्मीहरुका कारण निर्देशनमा व्यस्त भएका प्रकाशले आधा दर्जन भिडियो गरिसकेँ अझै क्यूमा छन् भने । मलेसियाको व्यापारमा फर्किन लागेका भट्टले निर्देशन गरेको यो बोल बोल साँचो… बोल गीतको भिडियोमा करण न्यौपानेको शब्द, संगीत रहेको छ । सन्दिप न्यौपाने र सावित्री जोशीको स्वर रहेको यस गीत आधुनिक शैलीमा निर्माण गरिएको लोकदोहोरी भएको बताइएको छ ।

prakash bhatta

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु