सुबिको ‘बालै फरर…’ मा चाँदनी (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३० जेष्ठ २०७३, आईतवार

काठमाडौं । गायक तथा संगीतकार सुबि राई ‘बालै फरर…’ भन्दै श्रोता तथा दर्शकमाझ आएका छन् । सुबिले आफ्नो गीति एल्बम ‘स्टाटस’ मा समेटिएको ‘बालै फरर…’ बोलको गीतको म्युजिक भिडियोसमेत ल्याएका हुन् । उनले नयाँ वर्षको अवसरमा ‘स्टाटस’ ल्याएका थिए । राकेश किरातीको निर्देशन रहेको यस म्युजिक भिडियोमा भूपाल, चाँदनी र मदन राईले अभिनय गरेका छन् । भिडियोको छायांकन धरानको विभिन्न स्थानमा गरिएको छ ।

 

sumi
यस भिडियोको छायांकन शिरकुमार साङ्पाङ र सम्पादन बुद्ध थापा मगरले गरेका हुन् । ‘स्टाटस’ मा बालै फरर, एकान्तमा, आँखा राम्रो, गल्ती भो म बाट, धरान आउँला कान्छी र नमस्ते नेपाल बोलका गीत रहेका छन् भने एल्बममा बालै फरर र धरान आउँला गीतको म्युजिक ट्रयाक्कसमेत राखिएको छ । ‘स्टाटस’ गायक सुबिको पहिलो एकल एल्बम हो । एल्बममा संगीत तथा शब्दसमेत सुबिकै एकल रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु