सुमनको समर्पण सार्वजनिक गरिँदै

म्यूजिक खबर
प्रकाशित: ८ जेष्ठ २०७१, बिहीबार

काठमाडौं, ८ जेठ । गायक सुमन सिङ्दान तामाङको लोकआधुनिक एल्बम समर्पण यूएईमा मे २३ तारिख भोलि सार्वजनिक गरिँदैछ । यूएईका लागि महामहिम राजदूत धनन्जय झाको प्रमुख आतिथ्यतामा समर्पणको लोकर्पण गर्न लागिएको हो । प्रवासमा रहेर पनि आफ्नो नेपाली कला र संसकृतिको लागि समर्पित रहेका स्रष्टा समुन सिङ्दानको समर्पण विमोचन समारोहमा आयोजक संस्था प्रवासी नेपाली चालक सेवा समाजका अधयक्ष मनमोल तामाङ, एनआरएन मिडलइस्टका चन्द्र रोका, एनआरएन यूएईका अध्यक्ष कृष्ण भुसाल, एनआरएन आइसीसीका सदस्य तथा जनसम्पर्क समिति यूएईका महासचिव विमल तामाङ साथै कार्यक्रमलाई ठूलो सहयोग पु¥याउनुहुने संगीतप्रेमी भरतचन्द्र गुरुङ र मोहन श्रेष्ठको आतिथ्यतामा समर्पणको सार्वजनिक गरिने भएको हो ।

tket copy
प्रवासी नेपाली चालक सेवा समाजको आयोजना हुन लागेको सुमन सिङदानको समर्पण लोकर्पण कार्यक्रमका अलावा बृहद सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ । यूएईमै पहिलोपटक हुन लागेको यस विमोचन कार्यक्रम अहिलेसम्मकै ठूलो मानिएको छ । यूएईमा कार्यरत नेपाली कलाकारहरुको सहभागिता रहने यस कार्यक्रममा विशेष गरेर गायक सुमन सिङ्दानको प्रमुख भूमिका रहेको छ ।
नेपालमा रह“दा रुन्चे गायकको उपाधिसमेत पाएका गायक प्रकाश पौडेल, खुशी एल्बम बजारमा ल्याएर आफ्ूलाई सांगीतिक क्षेत्रमा स्थापित गराएकी गायिका रेखा घिमिरे, गायक प्रेम लङगुहाङ, चुमान काउछा मगर, किशोर सुनार, सुवास रानाभाटको साथ पनि समुनलाई रहने छ । त्यस्तै चक्र थापाले कार्यक्रमको संचालन गर्ने भएका छन् उक्त कार्यक्रममा बन्दना बस्नेत, विवश ठकुरी, सन्तोष लामा, विमला तामाङ, मिनषा लामा, दुर्गा लिम्बू, माइली स्याङबोको नृत्य रहनेछ ।
सबै नेपालीहरुलाई एकै ठाउँमा भेला गराएर गरिन लागेको यस कार्यक्रमबाट उठेको करिब बीस हजार रुपैयाँ गायक सुमन सिङ्दानले चलचित्र पत्रकार संघ, काठमाडौंको पत्रकार अक्षयकोषका लागि सहयोग प्रदान गर्ने भएका छन् । कार्यक्रममा प्रवासमा रहेर नेपालीको हक अधिकारका लागि लडिरहेका ५२ वटा संघसंस्थाको सहयोग एवं उपस्थिति रहने गायक सुमनले बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु