सुर्य र शिवको “रित्तो काख”हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७५, आईतवार

म्युजिक खवर असोज ७/ काठमाण्डौ।
नेपाली लोक संगीत क्षेत्रमा बिगतका बर्ष हरु देखिनै निरन्तर लागीरहेर उत्कृष्ट गीत हरु आफ्ना दर्शक श्रोता माझ पस्किदै आएको सर्जक शिव अखेली र गायक सुर्य खड्का को निकै फापेको सांगीतिक जोडि हो । परदेश मै रहेर पनि घरदेशका दु:ख र पिडालाइ गीतसंगीतको माध्यम बाट पस्किने परदेशि गायक सुर्य खड्का र सर्जक शिव अखेलिको जोडी ले भर्खरै मात्रै निकै मर्मस्पर्शी गीत रित्तो काख सार्बजनिक गरेको छ । निर्मल क्षेत्रीको प्रस्तुतिमा रहेको गीतमा सुर्य खड्का,निर्मल क्षेत्री र रिना केसीको आवाज रहेको छ भने गीतमा लय सुर्य खड्काको रहेको छ।गीत हेर्दा हरेक नेपालीको आँखा रसाउछ्न् । दुर्गा पौडेलको निर्देशन तथा छायांकनमा तयार भएको गीतमा सम्पादन भने नबिन घर्ति मगरको रहेको छ।चर्चित मोडल महेन्द्र गौतम,बिपेश घिमिरे,सन्तोष केसी र रमा थपोलियाको रहेको छ।सुर्य खड्काको अफिसियल युटुब मार्फत यो गीत सार्बजनिक गरिएको हो । गरिब नेपाली र बेरोजगारीले सताउदा प्रदेश पुग्नु पर्दा र परदेशमै पापी कालले लागेको र धार्मिक परम्परा अनुसार मृत आत्मालाइ धामी हरुबाट बोलाएउने परम्परा लाई गीतको मुख्य कथाबस्तु बनाइएको छ ।
हेर्नुहोस भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु