सेक्समा सहमत नभएपछि नायिका नेहाको हत्या

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७२, सोमबार

काठमाडौं । नायिका नेहा पुनको हत्यामा संलग्नलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । प्रहरी स्रोतका अनुसार पोखरा न्युरोडका सतिश खड्की नेहा हत्याको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरि पालले नेहा पुनको हत्यारा खड्गीलाई माघ २५ मा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने छ । प्रहरी प्रमुख पालले यसबारे विस्तृत विवरण पत्रकार सम्मेलनमा नै दिने बताए पनि प्रहरी स्रोतका अनुसार अभियुक्तले हत्या गरेको स्वीकार गरिसकेको छ । सेक्स प्रस्ताव गर्दा नेहा सहमत नभएको झोँकमा खड्गीले हत्या गरेको प्रहरीको भनाई छ । खड्गीले नेहामाथि अस्लिल हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ,’ प्रहरी स्रोत भन्छ । १९ वर्षीया नेहाको हत्या लगत्तै कास्कीका प्रहरी नायव उपरिक्षक गजुसिद्वी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाई प्रहरीले हत्याराको खोजी गरेको थियो । उक्त टोलीमा अञ्चल प्रहरी कार्यालय गण्डकीको गुल्ममा कार्यरत प्रहरी निरीक्षक देवी पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षकद्धय रामबहादुर अधिकारी र सुदर्शन लम्साल र अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रहरी सहायक निरीक्षक भद्रकृष्ण पौडेल रहेका थिए । गत सोमबार बिहान घरबाट काममा निस्केकी १९ बर्षिया नेहाको शव भोलिपल्ट बिहान मंगलवार घर नजिकै भेटिएको थियो । साँझ कामवाट जहिले पनि टुप्लुक्क घर आईपुग्ने नेहा सोमबार अबेरसम्म नआएपछि रातभर उनका परिवारले नेहाको खोजी गरेका थिए ।

neha_pun-hatya Neha-Pun

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु