सेल्फी टीमले खोलेको ट्युसन सेन्टरमा पल शाह बने टिचर

म्यूजिक खबर
प्रकाशित: २२ कार्तिक २०७३, सोमबार

pal-shah

काडमाण्डौ । गतबर्ष सर्वाधिक चर्चित बनेको ‘सेल्फी हाँनौला’ बोलको गितले निकै चर्चामा ल्याइदिएको थियो गितकारः डि.पी. खनाल, गायकर संगीतकारः शंकर स्माईल र संगीत संयोजकः उदयराज पौडेलको सहकार्यलाई त्यसकै निरन्तरता स्वरुप फेरि पनि उहि सेल्फी टिमले अर्को फरक शैलीको निकै रमाईलो गित ‘ट्युसन पढाउँछु’ लिएर दर्शक/स्रोतामाझ आएको छ।

काठमाण्डौमा हालै आयोजना गरिएको एक कार्यक्रममा सोही गीतको भिडियो सार्वजनिक गरिएको थियो। ‘ट्यूशन पढाउँछु’ बोलको गीतको उक्त भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । भिडियोमा नायकस् पल शाह र नायिकाः एलिसा राइको बेजोड अभिनय देख्न पाईन्छ।निर्देशक सुवेदीले यो भिडियोको लागि आफूले अहिलेसम्मकै बढी मिहिनेत गरेको बताए ।

गीतमा पछिल्लो पुस्ताका ब्यस्त अनि चर्चित गितकार डि.पी.खनालको शब्द, युवा तथा ससक्त संगीतकार गायक शंकर स्माईलकोस संगीत, प्रतिभासाली संगीत संयोजकः उदयराज पौडेलको संगीत संयोजन अनि शंकर स्माई स्वयं र गायिका पूजा सुनुवारको स्वर रहेको छ ।

राजिब समारको कोरियोग्राफी रहेको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ। डश म्युजिकको प्रस्तुती रहेको ‘ट्युसन पढाउँछु’ लाई पनि ‘सेल्फी हाँनौला’ जसरीनै सबै बर्गका दर्शक/श्रोताले मनपराउने कुरामा दुई मत छैन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु