सोल्टी को गफमा मख्ख परेकी सुशीला (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: २० जेष्ठ २०७५, आईतवार

जेठ २१ काठमाडौ /

बिगतका केहि बर्ष देखि निरन्तर नेपाली लोक सांगीतिक क्षेत्रमा सकृय रहदै आएकी गायिका हुन सुसिला गौतम गायन मा मात्रै न भएर पछिल्लो समय अभिनय यात्रा लाई पनि निरंतरता दिएकी गौतम र गायक रामजी खाण को स्वरमा रहेको ‘गफ लायो सोल्टीले’ बोलको गीत सार्वजनिक गरिएको छ ।  मायाप्रेमको भाव समेटिएको यो गीतको भिडियोमा पनि गायक गायिका स्वयमले अभिनय गरेका छन् । गीतमा रामजीकै लय तथा सुशीला गौतमको शब्द छन् । भिडियोलाई करण चैसिरले खिचेका हुन् भने नबिन घर्ति मगरले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन मौसम हिमालीको गरेका हुन् ।

शुशिलाको प्रस्तुतीमा निर्माण गरिएको यो गीतलाई दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया मिलेको छ । शुशिलाको आफ्नै युट्युवमार्झत सार्वजनिक गरिएको भिडियोमा छोटो समयमा धेरै सकारात्मक प्रतिक्रिया मिलेको छ । 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु