स्टाटस लेखेकै भरमा पत्रकारमाथि धम्की

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०७२, आईतवार

काठमाण्डौ । पत्रकार दीप विमलीले सामाजिक सञ्जालमा स्टाटस लेखेकै भरमा चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका निर्देशक सुरेश दर्पण पोखरेलले गालीबेइज्जती गरेपछि चलचित्र उद्योग र चलचित्र पत्रकारितामा नयाँ तरंग पैदा भएको छ ।

विदेशबाट पबित्र मनले भूकम्प पिडितको नाम पठाएको पैसाले तिमिहरु डिस्को गयौ थुक्क देखियो तिमिहरुको समाज सेवा । कलाकारको नाममा कलंक

दीपले लेखेको यस स्टाटसको आधारमा विकास बोर्डका सदस्य सुरेश पोखरेलले उनलाई गालीगलौज सहित धम्किको भाषा प्रयोग गरेका हुन् । आफ्नो पदीय मर्यादालाई समेत भुल्दै नामम नै नप्रयोग भएको स्टाटसको आधारमा गालीगलौज गर्ने यी सुरेश बिरुद्द दीपले चलचित्र पत्रकार संघमा उजिरी दिएपछि संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जेष्ठ २२ गते संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको बैठकले सुरेशलाइ यस बिषयमा सचेत गराउदै आफ्नो पदीय मर्यादाको ख्याल गर्दै सम्मान प्रकट गर्न आग्रह गरेको छ । साथै संघले आफ्नो सदस्य माथि आच आउने कुनै पनि काम कारवाही गरेको पाइएमा जस्तो सुकै कदम चालन पनि आफुहरु बाध्य हुने समेत बाताएको छ । प्रेस विज्ञप्ति जारि गर्दै महासचिव सन्दीप सापकोटाले भने ‘नाम नै नलेखिएको स्टाटसको आधारमा धम्क्याउनु कत्तिको जायज हो ? , यो प्रश्न सुरेसजी लाई हो ।’ उनले आफ्नो सदस्यका साथै सम्पूर्ण रङ पत्रकारको साथमा संघ सदैव रहने पनि प्रस्ट्याए ।

साथै सोहि बैठक बाटै जेष्ठ २२ मै मन्त्रिपरिषद्कोको बैठकबात चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरिएको चलचित्र निर्माता संघका अध्यक्ष राज कुमार राईलाइ बधाई दिदै सफल कार्यकालको शुभकामना समेत दिएको छ ।

FJA-Press-released-About-Deep-bimali-Case

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु