स्वीटजरल्याण्डमा अन्जुको सांस्कृतिक साँझ, नेपालीको मन छुने बन्यो

म्यूजिक खबर
प्रकाशित: १६ बैशाख २०७३, बिहीबार

पछिल्लो पुस्ताकी नेपाली सुगम संगीतकी एक शिखर व्यक्तित्व गायिका अन्जु पन्तको जादुमय स्वरलाई कसले मन नपराउला र ! उनको स्वरमा सजिएका गीतहरु सुनिसकेपछि मनका पीडा भुलाउन धेरैलाई सजिलो हुने गर्छ । गायिका अन्जुभित्र नै धेरै पीडा हुन सक्छ तर उनले पनि यही गीतका माध्यमले जसरी अरुको पीडा भुलाउँदै हिंडेकी छन् त्यसरी नै आफ्नो पीडा पनि संगीतसँगै साट्दै आएकी छन् ।

anju panta solo
विदेशमा हुने धेरै महोत्सवमा नेपाली गायक गायिकाको प्रतिनिधित्वमा गायिका अन्जु पन्त पनि अग्रपंक्तिमा नै पर्ने गर्छिन् । कहिले युके होस् त कहिले युरोप, कहिले स्वदेशभित्रकै प्रोग्राम त कहिले फेरि विदेश । उनका लागि विदेशमा हुने सांगीतिक कार्यक्रम पनि पानी पँधेरै भनेजस्तै हुने गरेको छ ।

anju panta-1
यतिखेर गायिका अन्जु पन्त आफ्नो एकल प्रस्तुति दिनका लागि स्वीट्जरल्याण्डमा व्यस्त छिन् । उनले स्वीटजरल्याण्डमा अप्रिल २४ मा भएको कार्यक्रम भव्यरुपमा सफल पारेपछि अप्रिल ३० तारिख हुने एकल शोका लागि पर्खाइमा छिन् । उनले गाउने एक से एक गीतहरु छन् । तिम्ले पराई ठानेपछि होस् वा सुर्के थैली होस्, माइती घर होस् वा अन्य सुगम संगीत एवं चलचित्रका गीतहरु स्टेजमा वाही वाही नपाउने कुनै भएन । अन्जु पन्त सांगीतिक साँझ नाम दिइएको उक्त कार्यक्रममा उनले दर्जनौं गीतहरु गाएर नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्ने भएकी छन् । स्वीटजरल्याण्डको कार्यक्रम सफल भएपछि अप्रिल ३० मा पोर्चुगलमा उनको एकल शो रहेको छ । त्यसपछि मात्रै उनी नेपाल फर्कने भएकी छन् । आफ्नो एकल प्रस्तुति राख्ने आयोजकहरुप्रति धन्यवाद दिँदै गायिका पन्तले सम्पूर्ण नेपाली स्रोताहरुको माया नै आफ्नो सफलता भएको बताएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु