हङकङ मा २३ औँ पटक ‘रार्इ इज किङ’

म्यूजिक खबर
प्रकाशित: २९ फाल्गुन २०७२, शनिबार

हङकङ । नेपाली सुगम संगीत तथा चलचित्र पाश्र्व गायकका रुपमा उतिकै सफल र लोकप्रिय छन् राई इज किङका नामले चिनिएका गायक राजेश पायल राई । सांगीतिक प्रस्तुतिका लागि सबैभन्दा बढी विदेश धाउने गायकका रुपमा पनि उनि अग्रपंक्तिमा नै पर्दछन् । पछिल्लो समयमा नेपाली कलाकारहरु नाम र दामका लागि वैदेशिक सांस्कृतिक कन्सर्टहरुमा सहभागि हुनका लागि मरिहत्ते गरेको अवस्था छ । मनग्यै दाम र नाम आउने भएकाले पनि एक न एक चोटी विदेशमा आफ्नो प्रस्तुति दिन पाए भन्ने ध्याउन्न मै हुन्छन् कलाकारहरु । एक चोटी मात्र पनि विदेशमा प्रस्तुति दिन पाउनुलाई ठूलो सफलता पाएको ठान्ने कलाकारहरु भएको वृतमा नै नेपाली संगीतका राजा अर्थात राई इज किङ राजेश पायल राईले भने एउटै देशमा २३ औं पटक दर्शन नमस्ते गर्न भ्याएका छन् । ‘मिनी वल्र्ड टुर’ नाम दिएर विभिन्न मुलुकहरु मलेशिया, साइप्रस, युके पश्चात उनी हङकङमा २३ औं पटकको प्रस्तुतिका लागि पुगको हुन् । दर्शक तथा श्रोताको फर्माइस अनुसार प्रस्तुति रहने बताएका राई इज किङले कार्यक्रम तथा प्रस्तुतिलाई ऐतिहासिक बनाउने बताए ।

12825331_10153640490917762_216327284_n
उक्त कार्यक्रममा नेपालबाट गीता रार्इ, जुना प्रसाईं , पर्बन रार्इ, राजेश पुमा रार्इ र जित्कर्न रार्इ पनि प्रस्तुति दिनका लागि हङकङ आइपुगेका छन् । उक्त कार्यक्रम किराँत पुमा राई भवन संग्रालय निर्माणार्थ कार्यक्रमका लागि आयोजना गरेको आयोजक किराँत पुमा हङकङका अध्यक्ष पेन्गुइन किराँत राईले बताए । कार्यक्रम १३ तारिकबाट हेनरी जि ल्याङ कम्युनिटी हल याउमा ताइ मा सम्पन्न हुदैछ ।

rajesh-payal-rai-mega-star-rai-is-king-hong-kong-concert

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु