हङ्कङमा “पाथिभरा साँस्कृतिक साँझ” हुने

म्यूजिक खबर
प्रकाशित: २७ कार्तिक २०७३, शनिबार

pathibhara-sanjh-hongkong

काठमाण्डौ ।  हङकङमा पाथिभरा सांस्कृतिक साँझ हुने भएको छ । डिसेम्बर २४ तारिक साँझ ७ बजे हङकङको याउमा तेई कम्युनिटी हलमा कार्यक्रम आयोजना हुने भएको हो । शिक्षा, खेलकुद तथा दैवि प्रकोप सहयोगका लागि अक्षयकोष स्थापनार्थ सांस्कृतिक साँझ आयोजना गर्न लागिएको उक्त कार्यक्रममा राष्ट्रिय स्तरका गायक गायिकाहरु –मिलन अमात्य, दिपक लिम्बु, शिला राई, रुकमान लिम्बु। हाँस्यकलाकार गणेश इशारा राई, नृत्यंगना आयुस्ना राई लगायतका विभिन्न कलाकारको साथमा स्थानिय प्रतिभाहरुको समेत प्रस्तुति रहनेछ ।

पाथिभरा क्लब हङकङको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको लागि यतिबेला सम्पूर्ण तयारी सकिएको संयोजक हेमराज अन्छङ्बो लिम्बुले बताएका छन् । पाथिभरा क्लब हङ्कङको यो कार्यक्रम दोश्रो संस्करण हो ।

निस्वार्थ सामाजिक भावले आयोजना गरिएको कार्यक्रम साथै नेपाली चर्चित कलाकारहरुको बेजोड प्रस्तुती पनि भएकाले सम्पूर्ण हङ्कङबासी नेपालीहरुको साथ र सहयोग मिल्ने क्लबका अध्यक्ष लोकराज लिम्बुको तर्क छ । क्लवले विगतको कार्यक्रमबाट संकलन भएको रकमबाट स्व सुरेन्द्र लिङ्देन स्मृति कोष खडा गरि शिक्षा, स्वास्थ्य, दैवि प्रकोप लगायतमा खर्च गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु