हनुमाने र मंगलीको रोमान्सको पर्दाफास

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७३, सोमबार

चर्चित कलाकार बुद्धि तामाङ (हनुमाने) र रजनी गुरुङ (मंगली) द्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ | हैट ! बोलको थेगोले चर्चाको शिखरमा पुगेका कलाकार बुद्धि तामाङ द्वारा अभिनित यो म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेका हुन् |

mangale daraudi
लोकप्रिय टेलीफिल्म मेरी बास्सै बाट चर्चामा आएका यो जोडी पहिलो पटक एकै साथ म्युजिक भिडियोमा देखिएका हुन्| गायक बिकास उप्रेतीको राफ्टिङ् चढेर बोलको यस म्युजिक भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङको अलवा राजु तामाङ र बिकास पौडेल (अष्ट्रेलिया) ले छायांकन गरेका हुन् |
किरण भण्डारीको रमाईलो शब्द संगीतमा तैयार भएको यस म्युजिक भिडियो गीत जस्तै रमाईलो बनेको छ |

केहि समय अघि शुटिङ सम्पन्न भएको समाचार संगै सबै दर्शक स्रोताहरुको पर्खाइमा रहेको यस म्युजिक भिडियो आज देखि नै नेपाली टेलिभिजनका पर्दाहरु संगै स्ट्रीटनेपालको युट्युब च्यानलबाट विश्वभर हेर्न पाउने भएको छ | यस म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् | कबड्डी चलचित्र संगै व्यस्त बनेका बुद्धि तामाङका अनुसार स्टोरी हामी दुई जनालाई नै सोचेर निर्देशक नबिन बाबु गुरुङले बनाएकोले र नजिकको साथिको आग्रहलाई नकार्न नसकेर म्युजिक भिडियो खेलेको तर सोचे भन्दा राम्रो भइ दिंदा आफु हौसिएको बताए |


यस्तै पोखरामा बसेर पनि अत्यधिक व्यस्त रजनी गुरुङले हाम्रै जोडीलाइ सोचिएको म्युजिक भिडियो अनि स्क्रिप्ट पड्दा रमाइलो लागेकोले गर्दा पनि यस म्युजिक भिडियोमा आफुले काम गरेको बताइन| राजधानी बाट टाढा भए पनि सबै जनालाई नजिक हुने गरि पोखरा र काठमाडौँबाट बिचमा भेट्ने गरि गोरखाको छेपेटार वरपर छायांकन गरिएको यस म्युजिक भिडियोमा यस जोडीलाई फेरी पर्दामा जमाउन फोटोपत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले चलाखी गरेको देखिन्छ |
जे होस् रमाइलो गीतसंगै रमाइलो म्युजिक भिडियो बनेकोले सम्पूर्ण टीमलाइ हार्दिक बधाई शुभकामना

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु