‘हाम्रो साथ’को म्युजिक भिडियो

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७१, बुधबार

काठमाडौं । निरन्तर गीत सिर्जनामा तल्लिन गीतकार गणेश चौलागाईको शब्द रचनामा रहेको लोक दोहोरी गीत ‘हाम्रो साथ’को म्युजिक भिडियो छायाँकन गरिएको छ । नव गायक गम बहादुर न्यौपानेको प्रस्तुतिमा रहेको यस ‘हाम्रो साथ दुई दिनलाई हैन
पानी बिना माछिझै धर्तीबिना आकाशझैं तिमी बिना सानु बाँच्नी आधार छैन’ को शुटिङ गरिएको छ । गत हप्ता पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्राहलयको वरिपरिका रमणीय दृश्यहरुलाई उक्त भिडियोमा कैद गरिएको छ ।

नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित गायिका पूर्णकला बि.सि.सँग भर्खरै गायन म आएकी पार्वती के.सी. र गम बहादुर न्यौपानेको स्वरले सजिएको यस गीतको रेकर्डिङ समेत पोखरामै नमस्ते पोखरा स्टुडियोमा गरिएको हो ।

जुन गीतमा मोडल सगुन शाही, गायक स्वयम् गम बहादुर र पार्वती के. सी. सँगै श्याम कुमार कर्कीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई निर्देशन भने निर्देशक कुमार के. सी.ले गरेका हुन् । माया प्रेम कै कथावस्तुमा आधारित भएर रचना गरिएको उक्त गीत नमस्ते पोखरा मार्फत नै अबको केही दिनमा संचार माध्यममा सुन्न र हेर्न सक्ने कुरा गीतकार गणेश चौलागाईले जानकारी दिए ।

vdo2 vdo1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु