हावासँगै बहुँ लाग्छ भन्दै शारदा

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७३, बिहीबार

गीतकार एवम संचारकर्मी शारदा मरासिनी सरुको आधुनिक एल्वम मनको म्युजिक भिडीयो सार्वजनिक भएको छ । भेटन जति सजिलो भो गितबाट नेपाली संगीतमा प्रवेश गरेकी सरुका यसअघिका गीत तिमीलाई माया गर्छु, भन्देउन तिम्रो रोजाईमा म किन पर्न सकिनँको सफलतापछि फेरि अर्को गीत हावासँगै बहुँ लाग्छको म्युजिक भिडियो सार्वजनिक भएको हो ।


यस अघिका गीतहरुमा विछोडका कुराहरु समावेश गरिएका थिए भने यस पटकको गीत भने अलि फरक रोमान्टिक रहेको छ । चर्चित गाएक प्रमोद खरेलको आवाज, चर्चित संगीतकार अर्जुन पोख्रलको संगीत र शारदा मरासिनी सरुको शब्द श्रृजनामा तयार गरिएको गीतको म्युजिक भिडियोलाई शिशीर श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोमा सारिका केसी, शिशीर श्रेष्ठ र प्रकाश दाहालले अभिनय गरेका छन् ।

गीतलाई सप्तक डिजिटल प्रालिले बजार प्रवद्र्धन गरेको छ । गीतकार सरु अर्घाखाँची जिल्लामा जन्मिएर अहिले बुटवललाई आफनो कर्मथलो बनाउँदै आएकी छन् । गीतको म्युजिक भिडियो राम्रो बनेको र गीतले सफलता पाउनेमा गीतकार सरु आशावादी रहेको बताउँछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु