होचापुड्काको तिज

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७०, बिहीबार

काठमाडौं । केही दिनयता जताततै तिजको माहोल देखिन थालेको छ । नेपाली महिलाको विशेष पर्व हरितालिका तिज नजिकिँदै जाँदा होचापुड्का कलाकारलाई पनि उक्त रौनकताले छोएको छ । होचा पुड्का कलाकारले बुधबार राजधानीको भृकुटीमण्डपस्थित फुलबारी बगैंचामा तिज विशेष सांस्कृतिक कार्यक्रम आयोजना ग¥यो । जहाँ, उनीहरुले रातो सारीमा सजिएर धित् मरुञ्जेल कम्मर मर्काए । ‘वर्षमा एकपटक आउने चाँड हो’ नेपाल होचा पुड्का संघकी सचिव तथा कलाकार सुन्दरी मिश्र भन्दै थिइन्, ‘यो मौकामा पनि ननाचेर कहिले नाच्ने ?’
खुल्ला बचत तथा ऋण सहकारी संस्थाले सहकार्य गरेको ‘तिज विशेष सांस्कृतिक कार्यक्रम–२०७०’ मा तीन सयभन्दा बढी महिलाको सहभागिता थियो । ती सहभागी महिला होचा पुड्का कलाकारसँग रमझम गर्न पाउँदा दंग थिए । ‘निकै रमाइलो भइरहेको छ’ एक सहभागी महिलाले भनिन्, ‘पार्टी प्यालेस र होटलमा भएर कार्यक्रम र खुला स्थानमा नाचगान गर्नुको मज्जा छुट्टै हुँदोरहेछ ।’
होचा पुड्का संघका अध्यक्ष लोकनाथ ढकालले संस्कृति पराम्परा धान्न तिज कार्यक्रम आयोजना गरेको सुनाए । उनले भने, ‘तिज नेपाली नारीको सांस्कृति तथा धार्मिक पर्व हो । यो पर्व सबैले संघसंस्थाले नाचगान गरेर मानिरहेका बेला हामीले पनि कार्यक्रम गरेका हौं । हामीसँग खुला बचत सहकारी संस्थाले पनि सहकार्य गरेको छ ।’ ढकालले सोचेभन्दा राम्रो कार्यक्रम भएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु