ह्याट्रिक गर्दै अर्जुन, एकै चलचित्रबाट दुईजनाले अवार्ड चुमे

म्यूजिक खबर
प्रकाशित: १३ फाल्गुन २०७०, मंगलवार

काठमाडौ, १३ फागुन । भर्खरै सम्पन्न राष्ट्रिय रापती म्यूजिक अवार्डमा दुई वटा चलचित्रका दुई दुईजना स्रष्टाले अवार्ड चुम्न सफल भए । चलचित्र मेरो जीवनसाथीबाट गीतकार दयाराम पाण्डेले तिमीसँग रिसाएर बोलको गीतबाट चलचित्र गीतकारको अवार्ड चुमे भने संगीतकार अर्जुन पोख्रेलले पनि त्यसै चलचित्रको संगीतबाट चलचित्र संगीतकारको अवार्ड चुम्न सफल भए । यस वर्ष लगातार रुपमा अवार्ड चुमिरहेका अर्जुन पोख्रेलले अवार्ड चुमेको यो पाँचौं अवार्ड हो । यस वर्ष कालिका म्यूजिक अवार्डमा विन्दास चलचित्रबाट संगीतकारको अवार्ड चुमेपछि लगातार एचटीभी फिल्मीखबर अवार्ड (मेरो जीवनसाथी), इमेज अवार्ड (विन्दास) विन्दबासिनी म्यूजिक अवार्ड (मेरो जीवन साथी) हुँदै राष्ट्रिय रापती म्यूजिक अवार्डमा पनि मेरो जीवनसाथीबाट अवार्ड चुम्न सफल भए । त्यस्तै गत वर्ष नै विन्दास चलचित्रबाट विन्दबासिनी म्यूजिक अवार्ड चुमिसकेका अर्जुनले दुईवटै चलचित्रबाट ह्याट्रिक गरिसकेका छन् । यसरी हेर्दा विन्दास चलचित्रबाट तीनवटा अवार्ड र मेरो जीवनसाथी चलचित्रबाट तीनवटा अवार्ड चुमिसकेका अर्जुन पोखरेल पछिल्लो समयका व्यस्त संगीतकार मात्र नभएर राम्रा प्रतिभाका रुपमा पनि चिनिन्छन् ।
arjun_dayaram

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु