१८ वर्षअघिको ‘बत्ति बालेर’ होलीको अवसरमा पुनः सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७२, बुधबार

नेपाली सांगीतिक बजारमा १८ वर्ष अगाडि बलेको बलेको बत्तिलाई होलीको अवसर पारेर पृथक शैलीमा पुनः बालिएको छ । २०७२ को होलीको शुभकामना स्वरूप चर्चित हाँस्य कलाकार एवं गायक रतन सुवेदीले नयॉ म्यूज़िक भिडीयो ‘बत्ति बालेर’सार्वजनिक गरेका छन् । १८ वर्ष अगाडिको ‘वत्ति बालेर…’ शीर्षकको गीतबाट अत्याधिक चर्चा र सफलता बटुलेका रतन सुवेदीले नयाँ शैलीमा ‘वत्ति बालेर…’लाई फेरि पनि ल्याएका छन् । त्यो समय हरेक रेडियोमा सर्वाधिक बजेको ‘वत्ति बालेर’ गीत हरेक स्टेज कार्यक्रम र कन्सर्टको ज्यान थियो। रतन सुवेदीको ख्यातिलाई यस गीतले अझ माथि पुर्याएको थियो। रतनले र्याप शैलीको यो गीतलाई पुनः नयॉ म्यूज़िक एरेन्ज गरी फेरी स्वराकंन गरेका छन्।
खानेभए खाऊ मैयाँ ठुलो खशि खाऊ‬
‪‎चिकेनचिल्ली खानलाई पैसा छैन जाऊ‬
‪जस्ता शब्दहरुबाट गीत बनेको उक्त म्यूजिक भिडियोमा चलचित्रका चर्चित एवं व्यस्त नायक गजित विष्ट र नायिका नीता ढुंगानाको केमेष्ट्रीलाई देखाईको छ । त्यस्तै म्यूजिक भिडियोलाई नेपाली रजतपटका सफल निर्देशक दिनेश डिसीले निर्देशन गरेको यो गीतलाई दर्शक श्रोताले रुचाउने अनुमान गरिएको छ । सुमन कोइरालाको छांयाकन, किरांत विन्द्रको कोरियोग्राफ़ी , नन्दा अधिकारीको श्रिगांर र नहकुल खडकाको सम्पादन रहेको छ ।
नेपाली टेलिभजन र चलचित्रका अव्वल कलाकार रतन सुवेदीले पछिल्लो समय आफ्नो कर्म थलो अमेरिकालाई बनाए पनि नेपाली कलाकारितामा यिनी निरन्तर लागिरहेका छन्। गएको वर्ष यिनको ‘तिमी पनि झ्याप…’ भन्ने गीत पनि निकै रूचाईएको गीतमा पर्दछ।

ratan subediभिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु