२०६० सालमा लेखिएको रविको गजललाई कञ्चनले आफ्नो भनेपछि ….

म्यूजिक खबर
प्रकाशित: ४ मंसिर २०७३, शनिबार

ravi-pranjal-kanchan-regmi

काठमाण्डौ । चर्चित कार्यक्रम ‘सुमनसँग’मा सार्वजनिक भएकी घरपरिवारबाट चौतर्फी पिडित कञ्चन शर्मा रेग्मीसँगको अन्र्तवार्ताको प्रशारण पश्चात कञ्चनको चर्चा छ यतिबेला । हुन पनि सो कार्यक्रम सुनेपश्चात शिक्षित महिलाले पाएको मानसिक यातनालाई यहाँ शब्दमा उतारेर साध्य छैन । भनिन्छ भगवान खोज्नु छ भने जन्मदिने आमालाई रोजे हुन्छ तर यहाँ कञ्चनले आमा भैकन पनि आफ्नै सन्तानबाट पाएको घृणाका अनगिन्ती पल स्ुन्दा, सुन्ने नै भक्कानिन्छ । कार्यक्रम ‘सुमनसँग’मा कारुणिक शैलीमा प्रस्तुत भएकी कञ्चनले वाचन गरेको गजल त झन् सामाजिक सञ्जालमा बढी नै रुचाइएको छ । कञ्चनको जीवन र भोगाईमा ठ्याक्कै मिल्दो गजललाई यतिबेला सामाजिक सञ्जालमा अधिकतम कञ्चन शर्मा रेग्मी ह्यास् ट्याग सहित सेयर गर्ने क्रम तिब्र छ ।
कञ्चनले वाचन गरेको गजल यस्तो रहेको थियो –

नखुलेको आकाश खुलेर आयो
ऊ सायद यो बाटो भुलेर आयो
झरे त के भो जाइ र जूइ
त्यो पलाँस मनमा फुलेर आयो
न त तर्नै सक्नु न त डुब्नै सक्नु
यो भेल कस्तो हो उर्लेर आयो
उनीलाई भुलन उठाएँ प्याला
तर त्यो प्यालामा आँशु घुलेर आयो

तर यतिबेला उक्त गजल २०६० सालमा नै सार्वजनिक भएको खुलासा भएको छ । गजलकार रवि प्रान्जलले सामाजिक सञ्जाल मार्फत उक्त गजल आफूले को १४ वर्ष अगाडि नै लेखेको बताएका छन् । गजल संग्रह ‘उहि बाढी उहि भेल’मा संग्रहित उक्त गजललाई साहित्यकार प्रान्जलले स्वदेश तथा विदेशमा आयोजित थुप्रै साहित्यिक कार्यक्रम लगायत टिभी तथा एफ.एममा समेत कयौं पटक वाचन गरिसकेको बताएका छन् ।

उक्त गजललाई २०६९ सालमा गायक सजल न्यौपानेको एकल गीति एल्बम ‘नमन’मा पनि समावेश गरिसकेको छ । सागर न्यौपानेको संगीत रहेको उक्त गीतलाई सजल न्यौपानेले स्वर दिएका छन् । भयावह पिडा र मिठो सृजना ओकलेर एकाएक कञ्चन चर्चामा आएपछि आफ्नो सिर्जना भएको प्रमाण सहित रवि प्रान्जलले रेर्कर्डिङ गीत समेत फेसबुक मार्फत सार्वजनिक गरेका छन् । साहित्यकार रवि प्राञ्जल लेख्छन् –‘यो गजललाई मेरा मित्र तथा भाइ सागर न्यौपानेद्वारा सङ्गीतबद्ध गरी फीलिंग्स लिएर गाउने मीठो स्वरका धनी सजल न्यौपानेको स्वरमा Recording गरिएको थियो । यो गजलको Video नबनेको हुदा गजललाई यस रूपमा यहाँहरु सामु प्रस्तुत गरेकोछु सजल न्यौपानेको अल्बम ‘नमन’ मा समेत यो गजल संकलित छ ।’

प्रस्तुत छ नखुलेको आकाश गीतको अडियो –

audio-gajal

यसरी १४ वर्ष अगाडि नै लेखेर सार्वजनिक भैसकेको अनि चार वर्ष अघि गीत बनेको सिर्जनालाई किन कञ्चनले आफ्नो भनेर वाचन गरिन् त्यो उनी नै जानुन् । तर आफ्नो सिर्जना भएको प्रमाण सहित रवि प्रान्जलले फेसबुकमा यसो लेख्छन्–
‘कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम सुमनसँग को हिजो १७ नोभेम्बरको शृङखलामा मेरो लगभग १५ वर्ष अघि लेखिएको पुरानो गजल ‘नखुलेको आकाश खुलेर आयो’ गजल लाई कञ्चन शर्मा रेग्मीले उहाँले आफैँले लेख्नुभएको गजल भनेर वाचन गर्नुभएछ । मेरो गजलसंग्रह ‘उही बाढी उही भेलु को दोस्रो संस्करण ( मार्ग,२०६०) मा यो गजल सञ्चयित छ । यो गजल मैले विगत १३९१४ वर्षको अवधिमा स्वदेश लगायत विदेशमा आायोजित साहित्यिक कार्यक्रमहरूका अतिरिक्त रेडियो नेपाल लगायत बिभिन्न टिभी तथा एफएम रेडियोमा समेत वाचन गरिसकेको छु । संगीतकार क्बनबच ल्भगउबलभ को सङ्गीत र गायक सजल न्यौपाने को स्वर मा रेकर्ड भएको यो गजल २०६९ सालमा सजल न्यौपानेको एकल गीति अलबम नमनमा संग्रहीत छ भने मेरो एकल शब्दको गजल अलबम ‘ प्यालामा आँसु’ मा पनि यो गजलको अडियो सङ्कलित छ । कन्चन शर्माजीले शायद दुख र पीडाले अभिशप्त भएको तोडमा मेरो गजललाई आफ्नै गजल मान्नु भएछ क्यारे । कार्यक्रम प्रस्तोता चर्चित व्यक्तित्व सुमन खरेललाई यो गजलका बारेमा जानकारी नभएको हुन सक्छ । उहाँले बिभिन्न रेडियो एफएमहरूमा बजिरहेको मेरा गजलका ती शेरहरू सुन्नुभएको रहेनछ । तसर्थ मेरा तमाम मित्रहरूका अतिरिक्त उक्त कार्यक्रम सुन्नुहुनेरहेर्नुहुने सबै श्रोतागण तथा आदरणीय सुमन खरेलजीलाई समेत मेरो यही स्टाटसबाट कन्चन शर्माजीले वाचन गर्नुभएको उक्त गजलको यथार्थ अवगत गराउन चाहन्छु। ‘

अनपढ निरक्षर आमाको हकमा कुरा बेग्लै होला तर पढेलेखेकी आमा अन्यायमा पर्दा सबैभन्दा पहिला माईत जानु पर्ने हो , अनी आमा समुह गुहार्नुपर्ने हो । समाजको कचहरी बसाल्नु पर्ने हो । त्यसमा पनि नमिले प्रहरी चौकी जानुपर्ने हो । त्यहाँँ पार नलागे अदालत जानु पर्ने हो यदि आफु गलत नहुँदा सम्म । पती र पुत्रबाट पाएको अन्यायलाई समाजसामु पोखेकी भए, अवश्य त्यो समाजले पनि त टुलुटुल हेर्ने थिएन होला नि । फेरि अन्र्तवार्ताका क्रममा कञ्चनले न्यायको ढोका ढकढकाउन आर्थिक अभाव भयो भनेकी छिन् । समाज र सम्बन्धित निकायमा हारगुहार गरेकी भए अवश्य त्यतीबेलै केहि निचोड निस्कने थियो होला । यसर्थ यहाँ पिडक को कुरा पनि बजारमा नआए सम्म यसै भन्न सकीएन ।

प्रस्तुति : सविता पोखरेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु