२५ सदस्यीय कार्यसमिति चयन गर्दै कन्हैयाको अध्यक्षतामा युनाना

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७३, बिहीबार

अमेरिकामा बस्ने कलाकारहरुको छाता संगठन नेपाली कलाकार महासंघ उत्तर अमेरिकाको नाम परिवर्तन गर्दै आधिकारिक संस्थाको रुपमा युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरिकाको अध्यक्षतामा गायक तथा संगीतकार कन्हैया सिंहलाई चयन गरिएको छ । अमेरिका क्यानाडा, उत्तर अमेरीका वरपर बसोबास गर्दै आएका नेपाली कलाकारहरुको बृहत अनलाईनको भेलाबाट, संस्थाको नाम परिवर्तन गर्दै युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरीका (युनाना) राखिएको हो भने उक्त संस्थाको २५ सदस्य कार्यसमिति समेत चयन गरिएको छ । भेलाले गायक तथा संगीतकार कन्हैया सिंहलाई अध्यक्षतामा चयन गरेको हो भने वरिष्ठ उपाध्यक्षमा टेक्सास बस्दै आएका हाँस्य अभिनेता नारायण त्रिपाठीलाई चयन गरिएको छ ।

त्यस्तै उपाध्यक्षहरुमा कलाकार एवं छायाँकार उज्ज्वल अर्याल (युटाह), गायक श्याम गुरुङ (बाल्टिमोर), चलचित्र निर्देशक दिनेश कार्की (भर्जिनिया) रहेका छन् । युनानाको महासचिवमा भने कलाकार राजु बजाज (यÞुटाह) लाई चयन गरिएको छ । त्यस्तै उपमहासचिवमा लोकगायक भगवान भण्डारी बाल्टिमोरबाट रहेका छन् भने सचिवमा नाट्यकर्मी शंखर प्रजापति न्यूयोर्कबाट चयन भएका छन् । कोषाध्यक्ष पदमा गायिका सिर्जना बिरही थापा बाल्टिमोरबाट चयन भएकी छन् भने सहकोषाध्यक्षमा कलाकार प्रदीप सिंह न्यूजर्सीबाट चयन भएका छन् ।

united copy
युनानाका सदस्यहरुमा भने टेक्सासबाट कलाकार एवं निर्देशक बसिल अर्याल, वासिङटन डिसीबाट गायक रमेश परियार, क्यालिफोर्नियाबाट कलाकार श्रीराम थापा, न्युयोर्कबाट कलाकार सुरेन्द्र बास्तोला, टेक्सासबाट संगीतकार भीम चापागाईं, भर्जिनियाबाट गायक श्याम सुन्दर, भर्जिनियाबाट गायक खेम संग्रौला, युटाहबाट कलाकार प्रसिद्ध अर्याल, हवाईबाट गायक एवं बाद्ययवादक राम सिंह, न्यूयोर्कबाट मोडल कला केसी, मिनीसोटाबाट कलाकार हेमन्त हमाल, न्यूयोर्कबाट गायक विश्व तेन्जिङ, क्यानडाबाट कलाकार एवं निर्माता तुलसी पाठक, न्यूयोर्कबाट कलाकार महेन्द्र शाह र गायिका अन्जना गुरुङ रहेका छन् ।

२५ सदस्यी कार्यसमिति चयन भइसकेपछि अध्यक्ष कन्हैया सिंहले अब युनानालाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउँदै अमेरिकामा छरिएर रहेका कलाकारहरुलाई एकै छाता मुनी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली मौलिक कला संस्कृति एवं कलाकारको हकहितका लागि एउटा छाता संगठनका रुपमा युनाना रहेको बताउँदै अध्यक्ष सिंहले भने – वास्तविक कला क्षेत्रमा योगदान पु¥याएका स्रष्टाहरुलाई युनानाले महत्वपूर्ण भूमिका खेल्नेछ । सबैको मनलाई मिलाउने, सबै कलाकारहरु अट्न सक्ने र सबै कलाकारहरुको एक मात्र उदाहरणीय संस्थाका रुपमा अमेरिकामा युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन (युनाना) रहेने अध्यक्ष सिंहले विश्वास लिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु