३० लाख रोयल्टी फ्रिज, अक्षयकोष बनाउने योजनामा विवाद

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७१, शनिबार

काठमाडौं । संगीत रोयल्टी संकलन समाजमा अहिले ३० लाख रुपैयाँ फ्रिज हुँदैछ । नेपाल टेलिकमले सिआरबिटीमार्फत रोयल्टी स्वरुप उपलब्ध गरेको ३० लाख रुपैयाँ कसलाई कति रोयल्टी प्रदान गर्ने भन्ने डाटा नहुँदा फ्रिज हुने सम्भावना बढेको हो । गीतकार, संगीतकार, प्रस्तोता र तथा उत्पादकको उक्त रकम २०७० देखि २०७१ असारसम्मको हो । टेलिकमले रायल्टी रकम उपलब्ध गराएको ४ महिना वितिसक्दा पनि वितरण गर्न नसक्दा सो सो ३० लाख अहिले समाजकै लागि पनि घाँडो बनेको छ । ३० लाख रुपैयाँ कसलाई कति दिने भन्ने डाटा नहुँदा समाजले त्यस रकमलाई कलाकार अक्षयकोष बनाएर राख्नेकी भन्नेमा पनि योजना भइरहेको स्रोतले बताएको छ ।
अक्षयकोषको योजना अघि सारेपछि समाजको कार्यसमितिभित्र विवाद सिर्जना भएको छ । एक पक्ष कलाकारको रोयल्टी रकम कलाकारलाई नै दिनुपर्छ भन्ने छन् भने यकिन डाटा नभएका कारण अर्को पक्ष भने यसलाई अक्षयकोष बनाएर सदुपयोग गर्ने भन्नेमा रहेको छ । त्यस्तै, कलाकारले पनि आफूहरुले पाउनु पर्ने रोयल्टी अक्षय कोषमा राख्न नदिने पक्षमा छन् । समाजमा करिब १२ सय साधारण सदस्य रहेको समाजमा ३० लाख रोयल्टीको विषय अहिले अध्यक्ष सुरेश अधिकारी अप्ठ्यारोमा परेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु