सुष्मालाई मिस कल नगर

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७१, बुधबार

काठमाडौं । ‘मिस कल’ गरेर दुख दिनु भन्दा कल नै गर्नु जाती भन्छिन अभिनेत्री सुष्मा कार्की । आईतबार राती ललितपुरमा गायिका गायत्री थापाको ‘लोक आईटम’ गीत ‘फोन गर मायालु मिस कल नगर…’को म्युजिक भिडियो सुटिङका क्रममा उनले यसो भनेकी हुन् । मिस कल गरेर दुःख दिनु राम्रो हैन भन्न पनि उनी पछि परिनन् ।
सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित यो भिडियामा सुष्मा कार्की र गजित बिष्टले अभिनय गरेका छन् । गीत सुन्दै नाचौं नचौं लाग्ने भएकाले आफुले मोडलिङ गरेको अभिनेता गजित बिष्टले बताए । म्युजिक भिडियो निकै राम्रो बनेको अभिनेत्री कार्कीले जानकारी गराईन् ।
ललितपुरको ग्वोर्को स्थित ‘१९९९ ए डी पार्टी भेन्यु’मा सेट लगाएर यो म्युजिक भिडियोको छायाँकन गरिएको थियो । आफुले सोचे भन्दा भिडियो रामंो बन्ने गायिका थापाले सञ्चारकर्मीलाई बताईन । भिडियोको कोरियोग्राफी राशी भण्डारीले गरेकी हुन् । निरोज श्रेष्ठले खिचेको यो भिडियोको सम्पादन मित्रदेब गुरुङले गर्दैछन् । यसै साताबाट यो भिडियो सञ्चार माध्यममा आउने निर्देशक डब्बु क्षत्रीले जानकारी गराए ।

IMG_2928 IMG_2921 IMG_2942

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु