• ‘ड्रिम्स’को भिडियो सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ६ फाल्गुन २०७२, बिहीबार

    काठमाडौं । चर्चित तथा सदाबहार नायक भुवन केसीले निर्माण तथा निर्देशन गरेको रोमान्टिक चलचित्र ड्रिम्सको भिडियो गीत सार्वजनिक भएको छ । जुन चलचित्रमा उनका सुपुत्र अनमोल केसी र नयाँ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमुख भूमिका छ ।

    तन्नेरीहरुको प्रेमकथामा आधारित यो चलचित्रको भिडियो गीतमा आकर्षण ढंगले बनेको छ । अनमोल र साम्राज्ञीलाई फिचरिङ गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी ड्रिम्सको दोस्रो गीतको अडियो र भिडियो सार्वजनिक गरिएको हो ।

    dreams 001

    ‘तिमी नहुँदा…..’ बोलको उक्त गीतको कोरियाग्राफी कविराज गहतराजले गरेका हुन् । काजल फिल्मको ब्यानरमा निर्माण भएको यो सिनेमाको कथा भने सामीप्यराज तिमिल्सिनाले लेखेका हुन् । चलचित्र फागुन २१ मा पर्दशन हुनेछ ।

                             भिडियो…..

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु