बाबुकै पथमा सुगम पुत्री एन्जेलिजा ! हेर्नुहोस् गायनसँगै अभिनय पनि !
म्यूजिक खबर प्रकाशित: २३ असार २०७५, शनिबार
असार २३, काठमान्डाौं । अत्यन्त चर्चित गायक सुगम पोखरेलकी छोरी पनि बाबुकै पथमा हिँडेकी छिन् । छोरी एन्जेलिजाले बाबु सुगम पोखरेलको शब्द र संगीतमा रहेको “मलाइ उड्न देउ” बोलको गीतमा आवाज दिएकी छिन् ।
करिब ५ वर्ष अघि रेकर्ड गरिएको एन्जेलिजा पोखरेलको गीत ‘मलाई उड्न देउ’को म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक सुगमले आफ्नै युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरेका छन् ।
‘स्वेत हंशिनी’ नामक एल्बममा समावेश गीतमा शब्द तथा संगीत सुगम पोखरेलको रहेको छ भने संगीत संयोजन शैलेन्द्र प्रधान ‘बाबु’ को छ । भिडियोमा अनिल मानन्धरको छायांकन तथा निर्देशन रहेको छ भने सुनिल क्षेत्रीको कोरियोग्राफी र शिलन लम्सालको सम्पादन छ । भिडियोमा एन्जेलिजा आफैले अभिनय गरेकी छिन ।