‘महारानी’बाट शितल, शिब र कलाले कमाए लाखौं, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७५, शनिबार

श्रावण १२, काठमाडौं । हिन्दू नारिहरुको पर्व हरितालिका तिज नजिकिदै गर्दा विभिन्न किसिमका गीत सङ्गीत बजारमा आउने क्रम जारी छ । यस्तै भिन्न शैलीमा घरायसी समस्यालाई चित्रण गरिएको यथार्थपरक गीत ‘महारानी’ सार्वजनिक भएको छ ।

गायिका एवं उद्घोषिका शितल शर्माले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीत मार्फत शितलले लाखौंको माया पाउन सफल भएकी छिन् । नयाँ च्यानल भइकन पनि गीत अपलोड गरिएको छोटो समयावधिमै आज यो समाचार तयार पार्दाको समयमा १ लाख ८६ हजार बढी भ्युज मिलेको छ ।

यस गितमा शितल शर्मा,  कला लम्साल तथा तथा राजु मास्टरको प्रस्तुतिले गीतलाइ अझै रौनकता भरिदिएको छ। शिव हमालद्वारा रचित यो उत्कृष्ट गित एक घरायसी समस्याको बारेमाक राम्रोसँग चित्रण गरिएको छ । कमल सौरागले सङ्गीत भरेका छन भने कुमार रानाले मिक्सिङ गरेको यो गित सबैले मन पराउने छन भन्नेमा ‘एकता फिल्म्स’ले जानकारी दिएको छ।

गीतमा कमेण्ट पनि उतिकै सकारात्मक मिलेको छ । धेरैले शिबको शब्द, सङ्गीतको प्रशंसा गरेका छन् भने दुई गायिकाहरुको अभिनयलाई पनि रुचाइएको कमेण्ट मिलेको छ ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु