• ‘छैठौ राट्रिय लोक दोहोरी अवार्ड’ मंसिरमा २९ हुने !

    म्यूजिक खबर
    प्रकाशित: १५ कार्तिक २०७५, बिहीबार

    काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतका क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई सम्मान गरिने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा ‘छैठौ राट्रिय लोक दोहोरी अवार्ड २०७५’ हुने भएको हो । ‘अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन’ भन्ने मूलनारासहित प्रतिष्ठानको उपत्यका समन्वय समितिले हरेक वर्ष अर्वाड कार्यक्रम गर्दै आएको छ ।

    विभिन्न ३२ वटा विधामा प्रदान गरिने अवार्ड कार्यक्रम मंंसिर २९ गते हुने समितिका अध्यक्ष पिएन सापकोटाले जानकारी दिए । कार्यक्रममा कलाकारलाई अवार्ड प्रदान गरिनुका साथै अग्रज कलाकार तथा पत्रकारलाई सम्मान गरिने सापकोटाले बताए । समन्वय समितिअन्तर्गत रहेका ९ वटा समिति सहआयोजकको रूपमा रहने जनाइएको छ । अवार्डको मनोनयन केही दिनभित्रै सार्वजनिक गरिने समितिका प्रथम उपाध्यक्ष राजकुमार रायमाझीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु