म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

लण्डन  । आइतबार साँझ लण्डनमा ‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दि अर्थ क्वेक भिक्टिम्स् अफ नेपाल’नामको एक कन्सर्ट सम्पन्न भएको छ । हेल्प नेपाल नेटवर्क यूकेले आयोजना गरेको उक्त कन्सर्ट गोरखा जिल्लाका भूकम्प पीडितहरुको सहयोगार्थ हो । करिब ५ हजार माइल टाढाबाट आएका दीप दर्शकलाई सुनाउंदै थिए, म त दूरदेखि आएँ तिम्रो नाम बोकेर। द बिटल्स्ले टेकेको ४ हजार सिट क्षमता भएको स्टेजमा उनी हर रात सपनीमा ऐठन हुन्छ गाएर माहोल भावुक बनाइरहेका थिए । , लन्डन साउथ केन्जिङटनस्थित रोयल अल्बर्ट हलमा पहिलोपटक नेपाली गीत संगीत प्रस्तुत गरेर गायक श्रेष्ठसंगै अन्य नेपाली कलाकारले इतिहास रचे । ‘कार्यक्रम ऐतिहासिक भयो’, कन्सर्टका परिकल्पनाकार गायक योगेश्वर अमात्यले प्रतिक्रिया दिए, 
‘त्यस्तो अन्तर्राष्टिय रंगमञ्चमा नेपाली संगीत गुञ्जँदा भावी पुस्तालाई पनि प्रेरणा मिल्नेछ ।’

अमात्यले दिनेश अधिकारीको लैजा चरी, जब सन्ध्या हुन्छ, मलाई प्यारो लाग्छ । जस्ता लोकप्रिय गीत गाएर दर्शकको मन जिते । फ्रेंक सिनात्रा, लिजा मिन्नेली, जिमी हेन्ड्रिक्स्, अस्कर पिटरसन, द हु, लेड जेप्पेलिन, इरिक क्ल्यापटन, स्टिङ एण्ड इल्टन जोन जस्ता विश्वप्रसिद्ध कलाकारहरु उत्रिसकेको सन् १८७१ मा निर्मित पुरानो अल्बर्ट हल स्टेजमा अर्का भाग्यमानी गायक थिए पप लिजेन्ड ओमविक्रम बिष्ट । उनको म मौनतामा अल्झिरहेको एउटा जीवनले दर्शक मन जितिरहेको थियो ।

उनी गाउंदै थिए को हो त्यो जसले मलाई मोहनी लगायो । सयौं दर्शक कन्सर्ट हेर्नकै लागि बेलायतका स्कटल्याण्ड, पिटरबरो, लिड्स, हेस्टिङ, कर्नवाल शहरबाट ओइरिएका थिए ।

‘नेपाली संगीत विस्तारको ढोका खुलेको छ’, कार्यक्रम उद्घोषणकै लागि लन्डन आएका वरिष्ठ सञ्चारकर्मी भूषण दाहालले भने, ‘संगीतलाई पेशा बनाउने हो भने संसारका यस्ता धेरै रंगमञ्चमा अवसर छ भन्ने कुरा अल्बर्ट कन्सर्टले गरेको छ ।’ करिब दुई हजार पांचसय दर्शक सहभागी उक्त च्यारिटी कन्सर्टमा अन्य गायक गायिका दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य र तृष्णा गुरुङ पनि सामेल थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु