• सातौं म्युजिक खबर म्युजिक अवार्ड : राजधानी बाहिर पहिलो पटक विराटनगरमा सम्पन्न, शिब र प्राश्ना सर्वोत्कृष्ट गायक–गायिका

    म्यूजिक खबर
    प्रकाशित: १७ कार्तिक २०७५, शनिबार
    7th Music Khabar Music Award 2018

    विराटनगर,असोज २०
    म्यूजिक खबरको आयोजना गर्ने म्यूजिक खबर म्यूजिक अवार्डको सातौँ संस्करण शुक्रबार विराटनगरमा भब्यताका साथ सम्पन्न भएको छ ।विगत ६ वर्षदेखि राजधानीमा सम्पन्न हुँदै आइरहेको म्यूजिक खबर म्यूजिक अवार्ड यसपटक विराटनगरमा गरिएको हो ।

    अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड शिव परियारलाई प्रदान गरियो । उनले ‘बर्षौं भो छोडेको’ गीतबाट अवार्ड हात पारेका हुन् ।

    त्यस्तै, सर्वोत्कृष्ट गायिका सुगम संगीत बन्न सफल भईन् गागिका प्राश्ना शाक्य । उनले ‘कैदी बनाउ’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल भएकी हुन् ।

    त्यस्तै,दीर्घ साधना सम्मान रानुदेवी अधिकारीलाई प्रदान गरिएको छ । प्रजातान्त्रिक रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीलाई यस वर्षको दीर्घ साधना सम्मान प्रदान गरिएको हो । दशकको स्रष्टा सम्मानबाट तुलसी पराजुली ,माण्डवी त्रिपाठीलाई सम्मान गरिएको छ ।

    मल्लिका कार्कीलाई युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रेम सापकोटा सोनुलाई प्रदान गरिएको छ । म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार गीता अधिकारीलाई प्रदान गरिएको छ ।

    म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान याङ्शु श्रेष्ठलाई प्रदान गरिएको छ । म्यूजिक खबर विशेष संगीत सम्मान–२०७५ बाट गायक सिताराम पोखरेल, गीतकार शुभ मुकारुङ र गायक डीबी गुरुङलाई सम्मानित गरिएको छ ।

    गीतसंगीतका विभिन्न ३३ विधामा म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न भएको छ । मुलुकभित्र आन्तरिक रुपमा सांस्कृतिक पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले विराटनगरमा पहिलोपटक म्यूजिक अवार्ड सम्पन्न भएको हो ।

    राजधानी केन्द्रित रहेको सो अवार्ड प्रादेशिक रुपमा राष्ट्रियस्तरको महोत्सवका रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ अब नियमित रुपमा अन्य प्रदेशहरुमा पनि आयोजना गरिने आयोजक पक्षले जनाएको छ ।

    अवार्डलाई हामी युवाले सहआयोजकको भूमिका निर्वाह गरी अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।

    यसपटकका अवार्ड विजेताहरु :

    सर्वोत्कृष्ट राष्ट्रियभावको गीत
    चुडामणि देवकोटा– मेरो देश सुन्दर छ

    सर्वोत्कृष्ट पप गायिका
    मन्जु पौडेल– दामी छेन्त

    सर्वोत्कृष्ट पप गायक
    शंकर थापा स्माइल – माया लगाई

    सर्वोत्कृष्ट पप संगीतकार
    रमेशराज भट्टराई – बेहुला
    सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा महिला
    चन्दा खड्का – मायाकै पिरले

    सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा पुरुष
    ध्रुव बिसी – भेट हुँदा

    सर्वोत्कृष्ट भिडियो मोडल महिला लोकदोहोरी
    रिना थापा मगर – गाउँमा हल्ला चल्यो

    सर्वोत्कृष्ट भिडियो मोडल लोकदोहोरी पुरुष
    सुमन खतिवडा – खरानी

    सर्वोत्कृष्ट भिडियो निर्देशक लोकदोहोरी
    प्रकाश भट्ट – तामे करुवा

    सर्वोत्कृष्ट लोकगीत पुरुष
    दुर्गा गुरुङ – झिल्के भेना

    सर्वोत्कृष्ट लोकगीत महिला
    शर्मिला गुरुङ – मेरो माया छ भने राधा

    सर्वोत्कृष्ट लोकदोहोरी शब्द
    शिव हमाल – लठ्ठै पा¥यो मायाले

    सर्वोत्कृष्ट लोकदोहोरी भाका
    कस्तुप पन्त – पिरती मिसाउनी

    सर्वोत्कृष्ट गायक लोकदोहोरी
    दिपसागर थापा – धादिङ नौबिसे

    सर्वोत्कृष्ट गायिका लोकदोहोरी
    सुनिता दुलाल – मायालुको साथै रमाइलो

    सर्वोत्कृष्ट लोकदोहोरी कल्चरल गीत
    गणेश गुरुङ – सुनको औँठी

    सर्वोत्कृष्ट चलचित्र गीतकार
    हरि उप्रेती – दुई चुल्ठी, मुर्चङ्गा

    सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
    अन्जु पन्त – घिनघिन मादल, पन्चेबाजा

    सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
    राजेशपायल राई – दुई चुल्ठी, मुर्चङ्गा

    सर्वोत्कृष्ट चलचित्र संगीतकार
    विकास चौधरी – घिनघिन मादल, पन्चेबाजा

    सर्वोत्कृष्ट गजल
    विपिन मर्म – मायाले रेटिएँ

    सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत
    कृष्ण भट्टराई – तिमीलाई नदेख्दा

    सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत
    मेनुका पौडेल – कुर्दा कुर्दै

    सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत
    वीरेन्द्र भाट ‘विपिन’ – माया लाउने

    सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत
    नवराज उप्रेती – तिमी खुशी

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
    अनामिका चौलागाईं – उनको मेरो

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
    श्रीदेव भट्टराई – कोइलीको जस्तो

    सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
    सञ्जय बराल – बर्सिनु बस्र्यो

    सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम संगीत
    कुमार राना – तिमीदेखि

    सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
    निरज श्रेष्ठ – निष्ठुरीले खुशी

    युगल गायन सुगम संगीत
    राज सागर र अन्जु श्रेष्ठ – ढाका टोपी

    सर्वोत्कृष्ट गीतकार सुगम संगीत
    अमर वान्तु राई – फूलजस्तै

    सर्वोत्कृष्ट गायिका सुगम संगीत
    प्राश्ना शाक्य – कैदी बनाउ

    सर्वोत्कृष्ट गायक सुगम संगीत
    शिव परियार – बर्षाैं भो छोडेको

    सर्वोत्कृष्ट संगीतकार आधुनिक
    पोषण श्रेष्ठ – पूर्णिमाको जून

    सर्वोत्कृष्ट एल्बम
    कर्म – एसपी सापकोटा

    उत्कृष्ट सोसल जर्नालिष्ट
    जीना कार्की – न्यू सृष्टि दैनिक

    पब्लिक च्वाइस अवार्ड
    अर्जुन सुनाम – ठूलो सानो

    जुरी अवार्ड संगीतकार
    सुनिल मास्के – कैदी बनाउ

    जुरी अवार्ड गीतकार
    मणिराज शर्मा – बर्सिनु बस्र्यो

    इन्करेजमेन्ट अवार्ड
    अमृता श्रीपाल – गैरी गाउँको मेला

    इन्करेजमेन्ट अवार्ड
    डेबिट शंकर – घिनघिन मादल, पन्चेबाजा

    पपुलर मोडल अफ दि इयर
    दिपाशा बिसी – चर्चित

    क्रिटिक्स अवार्ड गीतकार
    किरण केसी क्रोधी – कुनै दिन

    बेस्ट सिङ्गर अफ दि इयर
    सुमित खड्का – तिम्रो प्रेमको माला

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु