नवौं ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड’ को तयारी पुरा, शक्तिवल्लभलाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने

म्यूजिक खबर
प्रकाशित: ५ मंसिर २०७५, बुधबार

काठमाडौं । विन्ध्यवासिनी फाउण्डेसनको आयोजनामा विगत ९ वर्ष यता ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड’ सम्पन्न हुँर्दै आएको छ । नवौं विन्ध्यवासिनी म्युजिक अवार्ड भने पर्सी अर्थात् मंसिर ७ गते सम्पन्न हुँदैछ । विभिन्न ३१ विधामा प्रदान गरिने अवार्ड नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजना हुने भएको छ । रमपम विन्ध्यवासिनी म्युजक अवार्ड कार्यक्रमको लागि यतिबेला भौतिक तथा प्राविधीक सम्पूर्ण तयारीको अन्तिम चरणमा रहेको आयोजक संस्थाले जनाएको छ ।

आयोजक संस्था विन्ध्यवासिनी फाउन्डेसनले समारोहमा यस वर्ष नगद १ लाख रुपैयाँसहितको यो वर्षको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड–२०७५’बाट संगीतकार शक्ति बल्लभ श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।

फाउन्डेसनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली संगीत क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुरर्याउँदै आएका कारण शक्ति बल्लभलाई सम्मान गर्न लागिएको जनाएको छ ।

‘विन्ध्यवासिनी म्यूजिक अवार्ड’ समारोहमा शक्ति बल्लभलाई लाइफ टाइभ एचिभमेन्ट अवार्डबाट सम्मान गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष लिना शर्मा रेग्मीले जनाएकी छन् ।

उनका अनुसार यसपटक १५ हजार ५१५ रुपैयाँको ‘संगीत रत्न सम्मान–२०७५’ सहित गायक सुगम पोखरेल सम्मानित हुनेछन् । सोही कार्यक्रममा २५ हजार ५२५ रुपैयाँसहितको ‘कला पत्रकारिता सम्मान’बाट रमण घिमिरे र १० हजार १ रुपैयाँसहितको चलचित्र सम्मानबाट निर्देशक मिन भामलाई सम्मानित गरिने भएको छ ।

‘हामीले जय गीत जय संगीतको नारासहित पैसा कमाउने उद्देश्यले नभई नेपाली गीत संगीत र श्रष्टा सम्मानका लागि विन्ध्यवासिनी फाउन्डेसनले यो अवार्डको आयोजना गर्दै आएको हो’ अवार्ड संयोजक सुवास रेग्मीले भने, ‘अवार्डलाई पहिलेझंै सभ्य र भव्य ढंगले सम्पन्न गर्नेछौं ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु