नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा साहित्यकार थाम्सुहाङ पुष्प सुव्वाको निधन भएको छ । फिदिमस्थित काइला छोरा सिकुम थाम्सुहाङको कोठामा हिजो साँझ ६ बजेर १० मिनेटमा निधन भएको पारीवारीक श्रोतले जनाएको छ । सुव्वा दसैँ अघि नै पक्षघातबाट पीडित थिए ।
६७ वर्षिय उनलाई सोमबार मात्रै विराटनगरको विराट नर्सिङ होमबाट स्वास्थ्यमा सुधार नआएपछि पाँचथरको फिदिम ल्याइएको थियो । उनको निधनपछि जिल्लाका साहित्कार,राजनीतिज्ञ र आफन्तहरुको भीडभाड लागेको छ । साहित्यकार रामप्रकाश समथिङले सुव्वाको पार्थिव शरिर बुधबार विहान याङनाम ४ स्थित लुङचोकथवास्थित निवासमा लैजाने तयारी भइरहेको बताए ।
उनको लिम्वू परम्पराअनुसार भोली अन्तेष्टि गरिने भएको छ । उने लिम्वू भाषा साहित्यमा लामो समयदेखि कलम चलाउँदै आएका थिए । साहित्य लेखनकै क्रममा उनले थुप्रै पटक जेलनेल पनि भोग्नु परेको थियो । साहित्यमा उत्तरवर्ती सोचको विकास गरेका थाम्सुहाङको निधनले समग्र साहित्य क्षेत्रलाई नै स्तव्ध तुल्याएको छ । उनको असामयिक निधनले लिम्वू साहित्य मात्रै नभई नेपाली साहित्य क्षेत्रमै अपरणीय क्षति पुगेको पाँचथरे साहित्यकारहरुले बताएका छन् ।
साहित्यबाटै क्रान्तिकारी ध्वनी गुञ्जाउने उनलाई वि।स।२०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यवहादुर थापाको ठाडो आदेशमा धनकुटाको राजारानीबाट प्रहरीले गिरफ्तार गरेको थियो । साहित्यिक कर्ममा रहँदा थुप्रै पटक जेलनेल व्यहोरेका उनी सिक्किमबाट पनि साहित्य लेखनकै कारण देश निकालामा परेका थिए । तत्कालिन सिक्किमे राजाले उनको टाउको मूल्य तीन लाख तोकेको उनको आत्मावृतान्तमा उल्लेख छ । उनको कविता, कथा, निवन्ध, समालोचना, मुक्तक, नियात्रा लगायतका साहित्यक विद्यामा सशक्त कलम चलेको थियो ।
हालसम्म १८ वटा कृति प्रकाशित भएका छन् । इन्द्रकिलको एकतारा९वि।स।२०२९०,अदृश्य व्यथा९वि।स २०३००इत्निहा रु९वि।स।२०५७०,लिम्वू छन्दहरु९वि।स।२०५८०,लिम्वू भाषा समालोचना९वि।स।२०६१०,कुल्चिएको अस्तित्व९सन् २००५०,विरासतको कायकल्प९वि।स।२०६६०,सेरुलाक नु पाङ्येक्९वि।स।२०६६०याक्थुङ हुप्पान् ९वि।स।२००६६०कथान्तर९वि।स।२०६७०,मक्खिवा फूङ९वि।स।२०६७० र सेन्दिसेसाप्९वि।स।२०६७०,याक्थुङ साप्सक्रेन ९वि।स।२०६८०आधिरु९वि।स।२०६८०,पाङ्वाहा रु९वि।स।२०६८०,थाम्सुहाङ वंशावली९वि।स।२०६८० सेप्माङवा फूङ ९वि।स।२०६९० प्रकाशित छन् । सिक्किमको राजनीतिक परिवेश चित्रित चौरी भेँडा र ठूटो रुखहरु प्रकाशोन्मुख छ ।