
मङ्सिर ४, काठमाडौं । नेपाली गीत संगीतमा निरन्तर रुपमा लागि रहेका एक कुशल गीतकार तथा संगीतकार हुन् राज कुमार श्रेष्ठ ।
यिनै श्रेष्ठ द्वारा रचित “एउटा गाउँ थियो” ““निष्ठुरी भनु भने” लगाएतका दर्जनौ गीतहरु बजारमा चर्चामा रहेका छन् ।
गीत संगीतको रचना गर्ने अनि गीत संगीतमै आफुलाई समर्पित गर्न चाहने यिनै राज कुमारले पछिल्लो समय आएर आफ्नै शब्द संगीतमा रहेको नयाँ गीत “यो मौसम पनि” बोलको गीत सार्बजनिक भएको छ ।
यो गीतमा गायिका सहिमा श्रेष्ठको आवाज रहेको छ भने चर्चित संगीतकार हरि लम्सालको संगीत संयोजन रहेको छ ।
यो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ ।
भिडियोमा राज कुमारको आफ्नै अभिनय रहेको छ भने उनलाई सारिका घिमिरेले साथ् दिएकि छिन भने भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ ।
यस्तै मिलन थापाको कोरियोग्राफी अनि निता भारतीको मेकअप रहेको छ ।
यस्तै अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार ब्यबस्थापन गरिएको यो भिडियोमा रबिन्द्र बरालको छायांकन तथा प्रकाश धितालको निर्देशन रहेको छ ।