• कथा : ग्रीनकार्ड

    म्यूजिक खबर
    प्रकाशित: २० पुष २०७४, बिहीबार

    ठुलो फाटमा गाई बस्तुहरु चरिरहेका छन। केटाकेटिहरु के खेल्ने भनेर एक अर्कामा सल्लाह गर्दैछन। एउटा केटो बोल्यो,
    ’फियो खेलौ अर्को केटो बोल्यो, ’कबर्दी खेलौ । एउटी चनमती फुच्ची जसलाई मन्जरी भनेर चिनिन्छ, कराउदै भनी नुनचोरी खेलौ ।
    मन्जरीले भने पछी नमान्ने कुरै भएन । केटाकेटिहरुले दुई समुह बनाए तर मन्जरीले आफ्नो भर्खरै लाली उदाउन लागेको दुबै गाला गोवरको च्याउफुले झै फुलाई । कुरो बुज्न समय लागेन। एउटा केटोले झोक्किदै भन्यो, ल ल त मन्जीलको समुहमा जा भोलि पर्सी ठुलो भए पछी बिहे गर्ने होलानी उसैसँग, सबै जनाहासे । मन्जरीले अर्नाको जस्तो नाक बजाउदै भनी मुर्दार मुखमा जे आयो तेही नबोल है’।
    मन्जील साह्रै ईमान्दार, पढाई र खेलकुदमा तेजीलो केटो थियो। उसको मन्जरी सँग घनिस्ठता थियो । यो समस्या पनि अब समाधान भयो । पालो आयो को छेक्नी र को नुनचोर्ने । मन्जरी ले भनी, हामी नुन चोर्ने तिमीहरु छेक । अर्को समुहले इन्कार गर्यो मन्जीलले भन्यो चप्पल कि फित्ता ( केटाकेटिको भाषामामाथिको भागफित्ता र तलको भागचप्पल) गरौ’। सबैले हुन्छ भने । पानीको कमी भएर खेतका गरा झै पटपट फुटेको खुट्टा बाट मन्जीलले पाउरोटी चप्पल निकालेर भए भरको बलले अकाश तिर हुर्यायो । केटाकेटिहरुले आआफ्नो समुहको नारा ( ’चप्पल’’चप्पल’, ’फित्ता’’फित्ता’भनेर नसक्दै चप्पल भुइमा बजारियो र फित्ता नै भयो। मन्जरीको खुट्टा भुइमा रहेन र अर्को समुहलाई जिब्रो देखाउदै गिज्याउन पुगी । नुनचोरी खेल सुरु भयो । छेक्ने, छलाएर नुनकोठा छिर्ने क्रम चलिरयो । मन्जिलले हात लम्काएर अर्को कोठामा भएकी मन्जरी लाई नुनपास गर्यो । त्यसै गरी अर्को साथीलाई पनि नुन पास गरि आफु फुत्त अर्को कोठामा पसी हाल्यो। हत्तनपत्त मन्जरीले अगाडि छेक्न बसेको केटोलाई छलाई नुन्जुर भनेर खेल जिती ।

    केटाकेटीहरु खेल्नमा मस्त थिए, उता गाइले गहु खाएको थाहै पाएनन। पारीबाट भुस्तिघ्रे माइला दाई कराउदै थिए,
    ’ए ढेडोका डल्लाहो, तिम्रा डाम्नाले मेरो गहु सत्यनास पार्यो । आएर खुट्टासुट्टा भाँच्न नपरोस’ ।

    एकछिन सन्नटा छायो । पुनस्खेल घमसानले चल्यो । अर्को समुहलाई लाई छलाउदा मन्जिल अचानक मन्जरी सँग जोडले ठोकिनपुग्यो । मङसिर पौष महिनाको बिहानी खुल्दा अन्नपूर्ण हिमालजस्तै टिलिक्क टल्कने दातले मन्जिलको औलामा चोट लाग्यो। मन्जरीको ओठ पनि सोडा राखेर घिउमा पकाएको सेल जस्तै फुलेर आयो।

    साँझ को खानपिन पछी मन्जिल पढन बस्थ्यो र पढदा पढदै घडीको तीनओटै सुई एक अर्कामा खप्टिएर धुरिखामो ताकेको थाहै हुँदैन थियो। मन्जरी पनि पढनमा लगनशीलथी र स्कुलमा कहिले प्रथम त कहिले दितिय भैरहन्थी ।घास,दाउरा, पढाई गर्दागर्दै दिन, महिना र बर्ष बितेको पत्तै भएन । मकैले सुत्ला च्यापे जस्तै जवानीले मन्जिललाई च्याप्दै थियो भने उता मन्जरीको जवानी पनि धानको बाला जस्तै निस्किदै थियो ।

    स्कुल को पढाई सकेर क्याम्पसको पनि एक तह सकेका मन्जरी र मन्जील बिच गहिरो माया बसेको थियो। उनीहरुको प्रेमको सातगाउपारी सम्म चर्चा हुन्थ्यो । उनीहरु उज्जल भबिस्यको लागि बिदेश अध्ययन गर्न जाने योजना बुन्दै थिए ।

    गाउमा सिचाइ परियोजना आएकोले कृषि पसल बढदै गयो र सबैको जीवन स्तर उकासियो । सिचाइ परियोजनाले सबैको मुहार उज्यालो बनाइदियो तर मन्जिलको जीवनमा ठुलो बज्रपात भयो किनकी सिचाइ परियोजनाको हाकिमको आँखा मन्जरी माथि परेको थियो । नपरोस पनि किन फुल्न लागेको गुलाफजस्तो ओठ, अङ्रेजी बदाम जस्तो आँखा, लटाइबाट खुल्दै गरेको धागो जस्तो केश, मुस्कुराउदा दुबै तिर खोपिल्टा पर्ने गाला, सर्लक्क परेको जिउडाल देख्दा जो कोही पनि एक पटक टक्क उभिएर हेर्दथ्यो मन्जरीलाई ।

    हाकिम मन्जरीको परिवारसँग नाता गाँस्न चाहन्थ्यो । हाकिमको भाई अमेरिकामा ग्रीनकार्ड पाएर बसेको थियो । बाउन्न पत्तिको त्रिपन्न खेल जान्ने हाकिमको भाईले एउटि गोरी केटीलाई पैसाको प्रलोभनमा पारेर ग्रीनकार्ड लिएको थियो।

    हाकिमले मन्जरीको परिवारसँग कुरा राख्यो। हाकिम पनि गफ दिन माहिर थियो मानौकि यो उसको बङ्सजमा रहेको अधभुत बीशेसता हो। सुरुमा मन्जरीको परिवार छोरीको खुशीमा बाधक बन्न चाहेनन तर हाकिमको चिप्ले कुराले उनीहरु केटोलाई भेटन राजी भए । यो कुरा मन्जरीलाई सुनाइयो। मन्जरीले चासो दिन खोजिन । परिवारको अनुनय बिनयलाई उसले टार्न सकिन र उ पनि भेट गर्न राजी भै ।

    हाकिमले भाईलाई बोलायो । हप्ता दिन बित्न नपाउदै काठमाडौं घर भएको हाकिम प्राडोमा चडेर सानका साथ भाईलाई लिएर मन्जरीको गाउ पुग्यो । दस बर्ष देखी अमेरिका बसेको हाकिमको भाई मन्जरीलाई देखेर झन्डै बिहोस् भएन । अमेरिकाको जीवसैलिमा सिगार पटार गर्दै भाईले आफ्नो काहानी सुनाउन थाल्यो। आफ्नो ठुलो ठुलो बिजिनेस भएको, बिस जनालाई आफुले रोजगार दिएको, महिनामै छ सात लाख कमाउने आदी । उ भन्दै थियो,
    काम गर्न नसके सरकारले पाल्छ, चिन्ता छैन अमेरिकामा । यस्तो देशमा जान पाउनु भनेको स्वर्ग पुग्नु हो । छोरा छोरी अमेरिका भए पछी आमाबुवालाई पनिलान पाइन्छ’ ।
    मन्जरी तिर हेदै कुरा थप्यो,
    ’म सँग बिहे गर्यौ भने तिम्रो काम भनेको मेरो बिजिनेस सम्हाल्ने हो । आरामको जिन्दगी हुन्छ, नो टेन्सन थिन्क योरसेल्फ’ ।

    दाजुभाइको चिप्ला कुरामा मन्जरीले आफ्नो मनमा रहेको देवतालाई चढाउने फुलमाला,धुपबत्ती, अबिर केशरी, नैबेध सबै बिर्सिएर एक छिनमा चिनजान भएको चोखो मायाको नरपिचास को आरती उतार्न राजी भै । मिति तिथी सबै टुङो लगाएर चोखो मायाको नरपिचासहरु बिदाबादी भए ।

    अब मन्जरीमा पनि परिवर्तन आयो किनकी मान्छे स्वभाबले स्वर्थी हुदोरैछ । दोस्रो दिन मन्जरीले सारा बेलिबिस्तार मन्जीललाई सुनाइ । उसले पत्याएन र भन्यो, अप्रिलफुल होइननी आज’ ? पत्याओस पनि कसरी, दुबै जनाले एक अर्कालाई मन मन्दिरमा सजाएर राखेका थिए, सपना को महल बुनेका थिए ।
    मन्जरी भन्दै थी,
    ’हाम्रो बाटो अलग भयो। मलाई बिर्सीदेउ । नयाँ जिन्दगी को सुरुवात गर । हामी राम्रो साथी हुन सक्छौ’।
    मन्जरीले थप्दै भनी, अ ! साची म त अब बिहे पछी अमेरिका जादै छु । मेरो अमेरिका जाने सपना पुरा भयो । आमा बुवालाई पनि लान्छु ।
    उ एती घमन्डको साथभन्दै छे ग्रीनकार्डले सबैथोक आउछ । ग्रीनकार्ड पाउनेले आफ्नो आत्मालाई स्वर्ग मा पठाएर फेरी धर्तिमै बोलाउन सक्छ।
    मन्जीलले भाबुकहुँदै भन्यो,
    यस्तो निर्णय नगर । तिमी मेरो आँखाको नानी हौ, तिमी टाढा भयौ भनीम सधैंको लागी अन्धो हुन्छु । प्लिज प्लिज, टाढा नहोउ’ ।
    उ झनै भाबुक हुँदै भन्थ्यो तिमी मेरो अगाडि बस म तिमीलाई त्यो क्षण सम्म हेरिरहन्छु जब सम्म मेरा आँखाहरु सधैंका लागि बन्द हुँदैनन’ । फेरी थप्यो मलाई एती ठुलो चोट नदेउ, यो चोट पानीभएर आयो भनी यो संसारलाई चुर्लुम्म डुबाउछ’।
    मन्जरी भन्दैथी धेरै भावनामा नबग । मायाप्रेम ले सबै चिजआउँदैन’ । आँखा को डिलमा टिलपिल टिलपिलआसुँ बनाउदै मन्जिलले सम्जाउदै थियो हामी बिच गहियो आत्मियता छ, हामी पुर्व जन्ममा बीछोडिएका प्रेमि प्रेमिकहौ । यो जन्ममा हाम्रो मिलन हुनु पर्छ।सम्झनाको लागि हामीसँग गहिरो अतित छ तर त्यो परदेसी सँग तिम्रो केही अतित छैन मन्जरी । त्यो परदेसी तिम्रो रुपमा र तिमी उसको अमेरिकन ग्रीनकार्डमा आकर्सित भएका छौ। मन्जिलले भाबुकहुँदै थप्यो एक पटक आँखाचिम्लिएर सम्झ, तिमी बिमारि हुँदा म कती रोएको थिए । ओखती गर्न तिमीलाई मैले कती ठाउँ लगे। नहरको किनारमा बसेर चालिगट्टा खेलेको सम्झ,कंकाली बनमा घास काटन जादा तिम्रो खुट्टा मर्किए पछी मैले थाप्लोमा नाम्लो लागाएर तिमीलाई बोकेको पल सम्झ । ढुङ्गा लाई सिरानी मानि सालको पातलाई सिरक डसना बनाएर खेलेको पललाई सम्झ। के यो सब ग्रीनकार्ड धारी मा छ’ ? मन्जरीले कुनै दया नराखी बोली मलाई अब केहीमतलब छैन। म लागे’ । मन्जीलआँफै भटभटाउन थाल्यो। यो मायाभनेको मुखमा राखेको बिशजस्तै रहेछ निलिन्छ कि ओकलिन्छ थाहै नहुने । फेरी भन्दै थियो ज्वाँई नारायन बन्न आउने यनआरयन पनि कती निर्दही रहेछ । यसले पनि कसैलाई माया गरेको भएपो थाहाहुन्थ्यो माया के हो ? मन्जरीको मुटु त ढुङ्गा नै रहेछ ।

    ब्याधाले न्याऊली छोपेर लगेपछी बिचरो भाले कती रुदो हो त्यो भन्दा बडी मन्जील रोयो उही निस्ठुरिलाई सम्झी सम्झी। सानैमा आमा गुमाएको मन्जीललाई घरमा पनि खाओस नखाओस खासै वास्ता हुँदैन थियो । त्यो रात खाना पनि खाएन । चुक अमिलो भन्दाकालो औशी को त्यो रात, बिहानीको दुई बजेको थियो। मन मनै भन्दै थियो,
    ’तिम्रो सपनाको महल खोज्दा उठि गयो ठेला
    आज तिमीले किन एतिसारो गरिदियौ हेला ?
    बटुलेर सारा मान्छे कती छिटो गरिहालेउ भेला
    चोखो पिरतिमा यो त सिधै भयो झेला’।

    घर बाट निस्किनु अघी करेसा बारी, गाइगोठ सबै हेर्यो, माली गाईलाई बडो मायाले सुम्सुमायो किनकी उसले माली गाइको दुध खाएको थियो । शायद अब उ कहिल्यै नफर्किने विचारमा थियो होला । बिस्तारै पाइला अघी बडायो। मुटु धेरै जलेकोले गंगा सङै सलल बगेर गयोकि वा घना बनको सालैको सुरिलो रुखमा चचहुइ गर्दै अगतीपर्यो, कसैलाई पत्तै भएन ।

    हरी पाठक
    अष्ट्रेलिया

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु