पोखरा । पछिल्लो समय निकै चलेको गीत हो, ‘सालको पातको टपरी’ । गीतमा चर्चित गायक कुलेन्द्र विक र बिष्णु माझीले स्वर दिएका छन् ।
गायक कुलेन्द्र विश्वकर्माले यो गीत पोखरामा गाउँदा निकै पटक दर्शकको ‘दर्शककको वान्समोर’को हुटिङ पाएका छन् । समाजिक संजाल युट्यूबमा ७२ लाख बढीले हेरिसकीएको यो गीत नेपाली लोक दोहोरी क्षेत्रमा सर्वाधिक हेरीएको गीत मध्ये एक हो । गीतमा नवराज पन्तको शब्द रहेको छ ।
पोखरामा जारी आदर्श महोत्सवमा कुलेन्द्र बिकले ‘सालको पातको टपरी’ गीत गाउँदा दर्शक गीतमा झुमे । निकै पटक दर्शकको ‘दर्शककको वान्समोर’ पाए । गायक बिक भन्दै थिए यो गीत दोस्रो पटक मात्र लाईभमा गाएको हुँ । दर्शकले दिएको आपार मायाका कारण यो गीत सर्वाधिक चर्चामा रहेको उल्लेख गर्दै यो गीतका सर्जक बसन्त थापालाई धन्यवाद समेत दिए ।
लाइभ भिडियो :
‘जे पनि हुन सक्छ मायामा’ भन्दै टिका र राजेश ! भिडियोमा हेर्नुहोस् !